'भारत भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्छ' | Khabarhub Khabarhub

‘भारत भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्छ’


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणपछि दुई देशबीचको मैत्री सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

नयाँदिल्लीस्थित नेपाली दूतावासले आफ्नो सम्मानमा आयोजना गरेको रात्रिभोजसहितको कार्यक्रममा प्रचण्डले आफ्नो भ्रमण आपसी विश्वासका लागि सद्भावना अभिवृद्धि गर्न र दुई देशको हितमा केन्द्रित रहने बताएका हुन्।

नेपाल र भारतबीच सदिऔँ पुरानो र जनस्तरको सम्बन्ध रहेको दोहोर्‍याउँदै उनले यो अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल हुने पनि जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले भारतमा अध्ययन, रोजगारीलगायत अन्य काममा रहेका नेपालीहरुलाई भारतमा सिकेको सीप तथा ज्ञानलाई स्वदेश फर्केर समृद्धिका लागि जुट्न आह्वानसमेत गरेका छन्।

सरकारले हालै मात्र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेत सामाजिक सुरक्षाको अभियानमा संलग्न गराएकाले त्यसबाट लाभ लिन पनि उनले आग्रह गरे।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ६ : ४५ बजे

एसइईमा ग्रेड प्राप्त विद्यार्थीहरूलाई प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एसइईमा ग्रेड प्राप्त गरेका

एकीकृत समाजवादीद्वारा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न माग

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले रोपाइँको

कैलालीको सुखडमा मदन जयन्ती विशेष विचार गोष्ठी हुने

धनगढी – जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन

पूर्वराष्ट्रपति भण्डारीले शनिबार राजनीतिमा फर्किएको घोषणा गर्न सक्ने

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नेकपा (एमाले) को सक्रिय राजनीतिमा