ए डिभिजन लिगमा आज तीन खेल हुँदै « Khabarhub

ए डिभिजन लिगमा आज तीन खेल हुँदै


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । आज नेपाल पुलिस क्लब र न्युरोड टिम (एनआरटी), हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब तथा मनाङ मर्स्याङ्दी क्लब र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।

पुलिस र एनआरटी बीचको खेल दशरथ रंगशालामा दिउँसो तीन बजे हुनेछ । जारी लिगमा २२ खेलबाट  ३१ अङ्क जोडेको पुलिस  दशौँ जितको खोजीमा छ भने २९ अंक रहेको एनआरटी आठौँ जित निकाल्ने योजनामा छ ।

सोही समयमा च्यासल मैदानमा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीचको खेल हुनेछ । अहिलेसम्म हिमालयनले २९ अंक जोडेको छ भने फ्रेन्ड्सको २४ अंक छ ।  

मनाङ मर्स्याङ्दी र खुमलटारको खेल भने साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ । लिगमा मनाङले २८ अंक जोडेको छ भने खुमलटारले २४ अंक बनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ७ : ३३ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा