हलेसी तुवाचुङलाई सांस्कृतिक संग्रहालय बनाउने घोषणाले स्थानीय खुसी « Khabarhub

हलेसी तुवाचुङलाई सांस्कृतिक संग्रहालय बनाउने घोषणाले स्थानीय खुसी


१८ जेष्ठ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खोटाङ – सरकारले खोटाङको हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला सांस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजना अघि सारे पछि स्थानीय खुसी भएका छन्।

संघीय संसदको संयुक्त बैठकमा सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा हलेसी तुवाचुङ नगरपालिकामा पर्ने हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला सांस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजना अघि सारे पछि स्थानीयवासी खुसी भएका हुन्।

किरात राई समुदायको उद्गम थलो मानिने तुवाचुङलाई खुल्ला सांस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजनासहित बजेटमा समावेश भएपछि हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले ‘हलेसीको समृद्धि हाम्रै पालामा’ हुने प्रतिक्रिया दिएकी छन्। ‘हलेसी तुवाचुङ नगरपालिकाको नागरिक र जनप्रतिनिधि हुनुका नाताले गर्वले छाती चौडा भएको छ,’ मेयर राईले भनेकी छन्, ‘हलेसीको समृद्धि अब हाम्रै पालामा।’

सरकारले हलेसी तुवाचुङलाई किरात सांस्कृतिक सर्किटमा समेट्ने बजेट वक्तव्यमा उल्लेख गरेको छ। सरकारले नयाँ बजेटमा लारुम्बा, मुन्धुम ट्रेल, हलेसी तुवाचुङ, खुवालुङ लगायतका स्थानलाई समेटेर सांस्कृतिक सर्किटको निर्माण गर्ने योजना अघि सारेको हो।

आफ्नो पुर्खा दिदि तायमा, बहिनी खियामा र भाइ रैछाकुलेले बसोबास गरेको, तान बुनेर कपडा लगाउने परम्परा बसाएको, खेतीपाती सुरु गरेको लगायतका किंवदन्तीका आधारमा राई समुदायले तुवाचुङ–जायजुमलाई श्रद्धाको थलोका रुपमा लिने गरेका छन्।

 

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ८ : ४६ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत