फिजी प्रहरीद्वारा अपराध नियन्त्रण अभियान तीव्र | Khabarhub Khabarhub

फिजी प्रहरीद्वारा अपराध नियन्त्रण अभियान तीव्र


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुभा- फिजी प्रहरीले डकैती, चोरी र अन्य सानातिना अपराधमा हुने वृद्धिलाई रोक्नका लागि आगामी दुई महिनासम्म विभिन्न आपराधिक गतिविधिहरूमा नियन्त्रण गर्न थप आक्रामक दृष्टिकोण अपनाउने भएको छ ।

बिहीबार सम्प्रेषित स्थानीय समाचार अनुसार लुटपाट, पकेटिङ र अन्य अपराधमा वृद्धि भएकोमा सर्वसाधारणले चिन्ता व्यक्त गरेपछि प्रहरी आक्रामक रूपमा प्रस्तुत भएको हो ।

अपराधहरू प्रायः अवसरवादीहरूद्वारा गरिने र कुनै इलाका विशेषलाई केन्द्रित गर्ने प्रहरीको बुझाइ छ । प्रहरीले सुरक्षा सुनिश्चित गर्न सडकमा गस्ती गर्न स्निफर कुकुरहरू समेत प्रयोग गर्ने बताइएको छ ।

राजधानी सुभामा १५ जनाको प्रहरी टोली जति बेला पनि गस्तीमा रहने र सुरक्षा कडा पारिने बताइएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ६ : ०२ बजे

साना उद्योगको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिवद्ध : मन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले मुलुकको आर्थिक विकासका

दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप सहयोग

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–८ धारुङ गौरीगाउँस्थित दृष्टिविहीन सोलुमाया आलेलाई सहयोग

कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी

काठमाडौं– प्रहरीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाहरूको

जेनजी आन्दोलन : बीमा दाबी २३ अर्ब ३९ करोड

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका

हिमाली च्याङ्ग्रा पहाड र तराईका मुख्य बजारमा

बागलुङ– बडादशैँ सुरु भएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्याङ्ग्रा बजार