पूर्व उपकुलपति दाससहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर | Khabarhub Khabarhub

पूर्व उपकुलपति दाससहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा. बलभद्रप्रसाद दाससहित तीन जना दोषी ठहर भएका छन्।

​भ्रष्टाचार मुद्दा लागेका पूर्व उपकुलपति दाससहित ३ जनालाई विशेष अदालत काठमाडौँले दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो।

न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले ३ जनालाई जनही १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको छ। दाससहित अरविन्दकुमार सिन्हा र नन्दकुमार थापालाई इजलासले दोषी ठहर गरेको हो।

अन्य ५ जना प्रतिवादीले भने सफाइ पाएका छन्। प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी मेनेजर अमित श्रीवास्तव, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, उपकरण सप्लायर्स कम्पनीका सञ्चालकहरू चेतन अग्रवाल र उमेश अग्रवालले सफाइ पाएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकरण  तथा सेवा खरिदमा भ्रष्टाचार गरेको दाबीसहित ८ जनाविरुद्ध २०७६ असार ३० गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ६ : ४० बजे

भारत र इङ्गल्यान्डको टेस्ट रोमाञ्चक मोडमा : एकै दिन १४ विकेट गयो

काठमाडौं – एकै दिन १४ विकेट पतन भएपछि भारत र

चेल्सीले जित्यो क्लब विश्व कपको उपाधि

न्यु जर्सी – यस वर्ष सानदार फर्ममा रहेको (पिएसजी) लाई

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार ३० गते सोमबार। साउन

आज २०८२ साल असार ३० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३० गते सोमबार। साउन

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन