कीर्तिपुर-दरबारमार्ग साइकल र्‍याली भोलि, तीनजनालाई साइकल उपहार « Khabarhub

कीर्तिपुर-दरबारमार्ग साइकल र्‍याली भोलि, तीनजनालाई साइकल उपहार


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साइकल संस्कृति अभियानको समन्वयमा शनिबार साइकल र्‍यालीको आयोजना गरिएको छ।

विश्व साइकल दिवसको अवसरमा अभियानले कीर्तिपुरदेखि दरबारमार्गसम्म साइकल र्‍यालीको आयोजना गरेको हो।

साइकल संस्कृतिको विकास र विस्तार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले नेपालमा साइकल कानून, पूर्वाधार र सिर्जनात्मक साइकल अभियानलाई टेवा पुग्ने आयोजकको विश्वास छ।

बिहान ६ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानबाट सुरु हुने र्‍याली बल्खु, एकान्तकुना, जावलाखेल, थापाथली, माइतीघर मण्डला, सुन्धारा हुँदै दरबारमार्गमा पुगेर समापन हुनेछ।

र्‍यालीमा सहभागीताका लागि अनलाइनमार्फत फारम भर्न यहाँ क्लिक गर्न सकिन्छ। र्‍यालीमा सहभागी मध्ये गोलाप्रथाबाट छनोट गरी तीनजनालाई आकर्षक साइकल प्रदान गरिने छ।

र्‍यालीको सहआयोजकमा नेपाल साइकल सोसाइटी, साइकल सिटी नेटवर्क नेपाल, नेपाल घाँचा पुच्छ, महिला साइकल नेपाल, काठमाडौं साइकल ग्रुप, काष्ठमण्डप साइकल ग्रुप, वल्र्ड साइकल क्लब नेपाल, महिलाका लागि महिला, चन्द्रागिरि राइडर्स क्लब, लायन्स क्लब अफ काठमाडौँ, साइकल सिटी, साइकल क्लब धुलिखेल, बुढानीलकण्ठ साइक्लिङ क्लब, पंगा राइडर्स क्लब, हिमाली राइडर्स, खबरहबडककम, रेडियो क्यान्डिड र एभीन्यूज टेलिभिजन सहआयोजक रहेका छन्।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ११ : ०० बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त