नेकपा एसद्वारा लेखापरीक्षण प्रतिवेदन सार्वजनिक | Khabarhub Khabarhub

नेकपा एसद्वारा लेखापरीक्षण प्रतिवेदन सार्वजनिक


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले आर्थिक वर्ष २०७८-७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव २०७८-७९ को आम्दानी र खर्चको विवरण को सार्वजनिक भएको हो ।

पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको विवरण लेखापरीक्षण गरी सार्वजनिक गरेको हो । सो आवमा पार्टीको कूल आम्दानी सात करोड १५ लाख ९० हजार तीन सय ७७ र कूल खर्च ६ करोड पाँच लाख २९ हजार पाँच सय २९ रहेको छ । यस्तै, एक करोड १० लाख ६० हजार आठ सय ४८ बचत रहेको पार्टीका पोलिटब्यूरो सदस्य तथा आर्थिक विभागका प्रमुख सोमप्रसाद पाण्डेले बताएका छन् । 

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को व्यवस्थाबमोजिम पार्टीले डी डी अधिकारी एन्ड एसोसिएटमार्फत लेखापरीक्षण गरी निर्वाचन आयोगमा बुझाएको हिसाबलाई सार्वजनिक गरिएको पार्टीको लेखाप्रमुख खेमराज पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  २ : ०३ बजे

वेस्ट इन्डिजलाई नेपालले दियो १४९ रनको लक्ष्य

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले

मनसुनी वायुको प्रभाव कायमै, दसैंको दिन कस्तो रहला मौसम ?

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले यस वर्षको दसैँका

कप्तान रोहित पनि आउट, ४ विकेट गुमाएको नेपाल दबाबमा

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजको पहिलो खेलमा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते बस्ने

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ मा

वेस्ट इन्डिजविरुद्ध नेपालको मध्यम सुरुवात, ‘पावर प्ले’मा बनायो ३४ रन

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजको पहिलो खेलमा