एसियाली खेलकुदको तयारी र व्यवस्थापनका लागि सचिवालय स्थापना | Khabarhub Khabarhub

एसियाली खेलकुदको तयारी र व्यवस्थापनका लागि सचिवालय स्थापना


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसियाली खेलकुदको तयारी र व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंको त्रिपुरेश्वरमा सचिवालय स्थापना गरेको छ ।

चीनको होङझावमा आयोजना हुने १९ औं एसियाली खेलकुदको तयारी सहभागिता र व्यवस्थापनका स्थापना गरिएको सचिवालय कार्यालयको खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरे । सचिवालय उद्घाटन गर्दै मन्त्री लिम्बुले खेलकुद क्षेत्रको विकासका लागि भएका नीति नियमलाई कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले यस क्षेत्रमा बजेट कम हुन नलिन आफू लागेको भन्दै विवाद नभई समन्वयकारी भूमिका निर्वाह गर्दै काम गर्न राखेपलाई निर्देशन दिए । उनले एसियाली खेलकुदको राम्रो व्यवस्थापनको तयारी भइरहेको भन्दै स्वार्थभन्दा मागी उठेर काम गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै राखेप सदस्य सचिव टंकलाल घिसिङले एसियाली खेलकुदलाई सरकारले प्राथमिकतामा राखेको भन्दै तयारीलाई चुस्त बनाउन सचिवालय स्थापना गरिएको जानकारी दिए । उनले धेरै खेलको खेलाडी छनोट भइसकेको अवस्थामा विशेष प्रशिक्षणको तयारी भइरहेको बताए । विशेष तालिमका लागि विशेष योजना तयार गरि कार्यान्वयन गर्ने गरि अघि बढ्ने उनले बताए ।

सदस्य सचिव घिसिङले एसियन गेम्समा नेपालले २९ खेलमा सहभागिता जनाउने उल्लेख गरे ।  आगामी असोज ६ गतेबाट एसियाली खेलकुद सुरु हुँदै छ ।

 

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  २ : ४९ बजे

वेस्ट इन्डिजलाई नेपालले दियो १४९ रनको लक्ष्य

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले

मनसुनी वायुको प्रभाव कायमै, दसैंको दिन कस्तो रहला मौसम ?

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले यस वर्षको दसैँका

कप्तान रोहित पनि आउट, ४ विकेट गुमाएको नेपाल दबाबमा

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजको पहिलो खेलमा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते बस्ने

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ मा

वेस्ट इन्डिजविरुद्ध नेपालको मध्यम सुरुवात, ‘पावर प्ले’मा बनायो ३४ रन

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजको पहिलो खेलमा