सेनेगल झडपमा नौ जनाको मृत्यु « Khabarhub

सेनेगल झडपमा नौ जनाको मृत्यु


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

डाकार- सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएको झडपमा नौ जनाको मृत्यु भएको छ ।

अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई बिहीबार दुई वर्षको जेल सजाय सुनाएपछि देशका विभिन्न भागमा भएका झडपमा परी नौ जनाले ज्यान गुमाएकाे गृहमन्त्रीले बताएका छन् ।

अदालतको पछिल्लो निर्णयबाट सोनाकोलाई आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लाग्ने सम्भावना छ । बिहीबार अदालतको फैसला सार्वजनिक हुने बित्तीकै सोनाकोका समर्थक र प्रहरीबीच झडप भएका थिए । यो घटनाले सेनेगललाई गहिरो रूपमा विभाजित गरेको,घातक हिंसा फैलाएको तथा स्थिर देशको छविलाई ध्वस्त पारेको छ ।

बिहीबारको फैसला पछि प्रहरी र प्रदर्शनकारीहरू बीच झडप मात्र भएन राजधानी डकार र जिगुइन्चोरमा बसहरूमा आगो लगाइयो,सार्वजनिक र निजी सम्पत्तिमा आक्रमण हुँदा नौ जनाको मृत्यु भएको गृहमन्त्री एन्टोइन डिओमले राष्ट्रिय टेलिभिजनमा भनेका छन् ।

दुई जना प्रहरी अधिकारीले एएफपीलाई आफ्नो नाम नछाप्ने सर्तमा जिगुइन्चोरमा भएको प्रदर्शनमा कम्तीमा तीन जनाको मृत्यु भएको र राजधानीमा युवा प्रदर्शनकारीले एक प्रहरीलाई ढुङ्गाले हानेर मारेको बताए ।

बलात्कार अभियोगमा अदालतले उनलाई जेल सजाय सुनाएको हो । डकारको फौजदारी अदालतले फैसला सुनाएपछि सोनकोको पार्टीले जनतालाई सडकमा आउन आह्वान गरेको थियो ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ४ : ०२ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले