सेनेगल झडपमा नौ जनाको मृत्यु | Khabarhub Khabarhub

सेनेगल झडपमा नौ जनाको मृत्यु


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

डाकार- सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएको झडपमा नौ जनाको मृत्यु भएको छ ।

अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई बिहीबार दुई वर्षको जेल सजाय सुनाएपछि देशका विभिन्न भागमा भएका झडपमा परी नौ जनाले ज्यान गुमाएकाे गृहमन्त्रीले बताएका छन् ।

अदालतको पछिल्लो निर्णयबाट सोनाकोलाई आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लाग्ने सम्भावना छ । बिहीबार अदालतको फैसला सार्वजनिक हुने बित्तीकै सोनाकोका समर्थक र प्रहरीबीच झडप भएका थिए । यो घटनाले सेनेगललाई गहिरो रूपमा विभाजित गरेको,घातक हिंसा फैलाएको तथा स्थिर देशको छविलाई ध्वस्त पारेको छ ।

बिहीबारको फैसला पछि प्रहरी र प्रदर्शनकारीहरू बीच झडप मात्र भएन राजधानी डकार र जिगुइन्चोरमा बसहरूमा आगो लगाइयो,सार्वजनिक र निजी सम्पत्तिमा आक्रमण हुँदा नौ जनाको मृत्यु भएको गृहमन्त्री एन्टोइन डिओमले राष्ट्रिय टेलिभिजनमा भनेका छन् ।

दुई जना प्रहरी अधिकारीले एएफपीलाई आफ्नो नाम नछाप्ने सर्तमा जिगुइन्चोरमा भएको प्रदर्शनमा कम्तीमा तीन जनाको मृत्यु भएको र राजधानीमा युवा प्रदर्शनकारीले एक प्रहरीलाई ढुङ्गाले हानेर मारेको बताए ।

बलात्कार अभियोगमा अदालतले उनलाई जेल सजाय सुनाएको हो । डकारको फौजदारी अदालतले फैसला सुनाएपछि सोनकोको पार्टीले जनतालाई सडकमा आउन आह्वान गरेको थियो ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ४ : ०२ बजे

भारत–पाकिस्तान तनाव : एलओसीपछि नेपाली सीमामा पनि कडा निगरानी, सुरक्षाकर्मी थपियो

नयाँदिल्ली – बिहीबार रातिदेखि पाकिस्तानसँग तनाव चुलिएपछि भारतले नेपालतर्फको सीमावर्ती

गाजामा मानवीय सहायता : इजरायलले वितरणमा भाग नलिने, सुरक्षा मात्र दिने

जेरुसेलम – अमेरिकी नेतृत्वमा प्रस्तावित गाजाका लागि मानवीय सहायता योजनाअन्तर्गत

पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित

कास्की – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज साँझ

स्वयम्भू आसपासका सम्पदास्थलमा रङरोगन सम्पन्न

काठमाडौं – विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू महाचैत्य तथा आसपासका

दक्षिण एशियाली आकाशमा आयातित हतियार परीक्षण, चिनियाँ र इजरायली हतियारबारे चासो

काठमाडौं– भारत र पाकिस्तानबीचको टकराव उत्कर्षमा पुगेको छ । दुबै