पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै प्रदर्शन  « Khabarhub

पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै प्रदर्शन 


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर लगानीकर्ताहरूले पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । 

उनीहरूले सेयर कारोबारमा बजेटले गरेको व्यवस्थाप्रति आपत्ती जनाउदै काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर अन्तिम गर्नुपर्ने, पूँजीबजारमा ३९ प्रतिशत कर नमान्ने जनाएका छन् ।

प्रदर्शनमा सहभागीहरूले आर्थिक विधेयक संशोधन गर, पश्चगामी करनीति खारेज गर, लगानीकर्तामाथि जालझेल बन्द गरलगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा रास्वपा सांसद हरि ढकालले ऐक्यवद्धता जनाउदै सेयर लगानीकर्ताको माग पुरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।

 लगानीकर्ताको सम्पत्तिमाथि लामो हात गर्ने प्रयासलाई असफल बनाउने उनले बताए । उनले यस मुद्दालाई सम्पूर्ण लगानीकर्ताहरू एकजुट भएर अघि बढाउन सुझाव दिए ।

उनले यस विषयमा संसद्‌मा शसक्त रुपमा आवाज उठाउने जानकारी दिए । यता अर्थमन्त्री डा प्रकाशशरण महतले भने सेयर आमलगानीकर्ताहरू आयकरको दायमा नआउने भन्दै भ्रममा नपर्न आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ४ : ३५ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले