सूर्यविनायक नगरपालिकाभित्र शिक्षामा गुणस्तर अभियान सुरु « Khabarhub

सूर्यविनायक नगरपालिकाभित्र शिक्षामा गुणस्तर अभियान सुरु


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शिक्षामा गुणस्तर अभियान थालेको छ । नगरपालिकाकी उपप्रमुख सरिता भट्टराईले यसबारे जानकारी गराएकी हुन् । 

सूर्यविनायक नगरपालिका, काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुर र खवर एजुकेसन मिडियाको संयुक्त आयोजनामा शुक्रबार भक्तपुरमा भएको प्रधानाध्यापकसँंगको कार्यशालाको उद्घाटन गर्दै नगर उपप्रमुख भटटराईले यस अनुसार विभिन्न कार्यहरू हुँदै आएको जानकारी दिइन् ।

‘पहिलो पटक हामीले सरकारी स्कुलको अध्यक्ष जनप्रतिनिधि नै बनाउनुपर्ने नियम बनायौँ, उनले भनिन्, ‘दोश्रो पटक सरकारी स्कुलका प्रधानाध्यापकहरु खुल्ला परीक्षाबाट नियुक्त गर्ने गरी देशमै पहिलो पटक नमूना काम थाल्यौं ।’

कार्यक्रममा तीनजना शिक्षा विशेषज्ञ तीन वटा कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले विद्यालय व्यवस्थापनका विविध पक्षहरू, शिक्षाविद् प्रा. डा. रमेशप्रसाद अवस्थीले स्तरीकृत परीक्षा र प्रश्ननिर्माण र काठमाडौँ वल्र्ड स्कुलका प्राचार्य केशरबहादुर खुलालले शिक्षण सिकाई विधि विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा काठमाडौं वल्र्ड स्कुल रहेको सूर्यविनायक नगरपालिका-७ का वडा अध्यक्ष रवीन्द्र सापकोटा, काठमाडौं वल्र्ड स्कुलका अध्यक्ष इन्जिनियर डाक्टर मिथिलेशकुमार झा, सूर्यविनायक नगरपालिका शिक्षा शाखाका प्रमुख श्रीधर केसीलगायतले शिक्षाको विकास पहिलो आवश्यकता भएको बताए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा निजी स्कुलका एक सय जना भन्दा वढी प्रिन्सिपल शिक्षकहरूको उपस्थिति रहेको थियो ।  

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ७ : १७ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले असार १६ गते मंगलबारका लागि

जर्मनीलाई हराउँदै पाराग्वे विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ मा एक अप्रत्याशित नतिजा निकाल्दै

‘इन्जुरी टाइम’को गोलसँगै जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अतिरिक्त समयतर्फ धकेलिएको खेलको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार १६ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार १६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १६ गते मंगलबार सन् २०२६