प्रहरी सङ्गठनमा आत्मसमीक्षा आवश्यक छ : गृहमन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

प्रहरी सङ्गठनमा आत्मसमीक्षा आवश्यक छ : गृहमन्त्री श्रेष्ठ


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी सङ्गठनलाई प्रभावकारी र सफल बनाउन अझै आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने बताएका छन् । इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसरमा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई आज प्रहरी प्रधान कार्यालयमा सम्मान गर्दै गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

“प्रहरी सङ्गठनलाई अझै प्रभावकारी र सफल बनाउन अझै गम्भीररूपमा आत्मसमीक्षा गर्नैपर्ने बेला आएको छ”, श्रेष्ठले भने, “देश र जनतालाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने छ । जनताले पहिलो सरकारसँग भेट्ने व्यक्ति वा पात्र प्रहरी नै हो । नेपाल प्रहरीले जनता र देशको सेवामा केन्द्रित गर्ने गरी काम गरे सरकारको सफलता देखिने छ ।”

प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीले जेठ २ गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसर पारेर नेपालीले सगरमाथाको सफल आरोहण गर्नुभएको हो । हाल इन्टरपोलमा एक सय ९५ रास्ट्र सदस्य छन् । इन्टरपोलले सतवार्षिकीमा नेपालले भने सगरमाथाको आरोहण गरेर मनाउने निर्णय लिएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले आरोही नेपालीलाई बधाई पनि दिए ।

“नेपाल प्रहरी र नेपाल सरकारलाई जुन गौरव गर्ने अवसर दिनुभएको छ त्यसको लागि पुरुषोत्तम नेपालीलाई बधाई तथा शुभकामना दिन चाहन्छु,” श्रेष्ठले भने, “नेपाल प्रहरीले हरेक क्षेत्रमा सफलता प्राप्त गर्दै गौरव गर्ने भूमिका निर्वाह गरेको छ ।”

ठगी तथा सङ्गठित अपराधमा नेपाल प्रहरीले गरेको कामबाट आम जनता खुसी भएको बताउँदै उनले दबाबमा नपरी कुनै निर्दोष नफसोस् र कुनै दोषी नउम्कियोस् भन्नेमा सचेत रहन आग्रह गरे । सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रभावकारीरूपमा अगाडि बढाइरहेको भन्दै राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड दिन आफू नहिच्किचाउने श्रेष्ठले उल्लेख गरे ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ८ : २९ बजे

जाग्राम बसेर देश विकास हुने हो र प्रधानमन्त्रीज्यू ?

७२ वर्षीय बयोवृद्ध निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई पछ्याउँदै ७३ वर्षीया

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ