नक्कली शरणार्थी प्रकरण : अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस « Khabarhub

नक्कली शरणार्थी प्रकरण : अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस


१९ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जिल्ला अदालत काठमाडौँमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान आज सकिएको छ । उक्त प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा आज पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिइएको हो । बिहीबारसम्म १५ जना अभियुक्तको बयान सकिएको थियो । आइतबारदेखि सबै अभियुक्तको थुनछेक बहस सुरु हुनेछ ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार सबै अभियुक्तको बयान आज सकिएको छ । आइतबारदेखि थुनछेक बहस प्रारम्भ हुनेछ । उक्त प्रकरणमा प्रतिवादी बनाइएका १२ जना भने अझै फरार छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ८ : ३५ बजे

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा