सैफअलि भन्दा पहिला रावण बनेका यी पाँच कलाकार, एकसँग त धेरैजना डराउँथे « Khabarhub

सैफअलि भन्दा पहिला रावण बनेका यी पाँच कलाकार, एकसँग त धेरैजना डराउँथे


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.5k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – चलचित्र आदिपुरुषको ट्रेलर हालै सार्वजनिक भएको छ। फिल्मको ट्रेलर रिलिज हुने बित्तिकै दर्शकले निकै माया पाइरहेका छन्। तर आदिपुरुषको ट्रेलर हेरेपछि सबैभन्दा बढी चर्चामा रहेको पात्र रावण हो। यस फिल्ममा बलिउड अभिनेता सैफ अली खानले रावणको भूमिका निर्वाह गरेका छन्। आदिपुरुषको ट्रेलर हेरे पछि उनको निकै तारिफ भइरहेको छ।

तर, के तपाईँलाई थाहा छ सैफ अली खान भन्दा पहिले पनि धेरै कलाकारहरुले पर्दामा रावण बनेका थिए। आज हामी तपाईँलाई ती कलाकारको परिचय गराउँछौ।

अखिलेश मिश्र
सन् २००८ मा रामानन्द सागरका छोरा आनन्द सागरले पनि ‘रामायण’ बनाएका थिए। जसमा राम र सीताको भूमिकामा गुरमीत चौधरी र देबिना मुखर्जी थिए। यस शोमा अभिनेता अखिलेश मिश्रा रावणको भूमिकामा देखिएका थिए, जब अखिलेशले ठूला आँखा र भारी स्वरमा संवाद बोल्ने गर्थे, मानिसहरू साँच्चै नै काँप्ने गर्थे। अखिलेश अहिले पनि त्यही पात्रका लागि चिनिन्छन्।

प्रेमनाथ
प्रेमनाथले सन् १९७६ मा रिलिज भएको फिल्म ‘जय बजरंग बली’मा रावणको भूमिका निभाएका थिए। यस फिल्ममा दारा सिंह हनुमानको भूमिकामा थिए, जुन उनको उत्कृष्ट पात्र मध्ये एक हो। यस फिल्ममा रावण बनेका प्रेमनाथलाई पनि निकै मन पराइएको थियो।

आर्य बब्बर
राज बब्बरका छोरा आर्य बब्बर ठूलो पर्दा पछि सानो पर्दामा प्रवेश गरे र टिभी सिरियल ‘संकटमोचन महाबली हनुमान’मा रावणको भूमिका निभाएका थिए। यद्यपि आर्याले यो भूमिकाको प्रशंसा पाउन सकेनन्, जुन उनका पहिलेका कलाकारहरुले पाएका थिए।

कार्तिक जयराम
अभिनेता कार्तिक जयरामले एकता कपुरको सिरियल ‘सिया के राम’ मा रावणको भूमिका निभाएका थिए। कार्तिक कन्नड अभिनेता हुन्। कार्तिक कन्नड बिग बोसमा पनि देखिएका छन्, साथै उनले धेरै फिल्ममा पनि काम गरेका छन्।

अरविन्द त्रिवेदी
रामानन्द सागरले पर्दामा ‘रामायण’ देखाउँदा दर्शक हात जोडेर टिभी अगाडि बस्ने गर्थे। यस ऐतिहासिक सिरियलमा अरविन्द त्रिवेदी रावणको भूमिकामा देखिएका छन्। अरविन्दले यो पात्रलाई पर्दामा जुन तीव्रताका साथ प्रस्तुत गरेका छन्, त्यो प्रशंसनीय छ। अरविन्दको अनुहार बाहेक रावणको चरित्रलाई दर्शकले कल्पना पनि गर्न सकेनन्।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ७ : ४२ बजे

स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ

सुदूरपश्चिम– स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ

औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख

तीन वर्षमा छ लाख अफगानी शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर)ले तीन वर्षभन्दा कम समयमा

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा