गायक बिसीको ‘अछाम जिल्ला तेरा मेरा’ सार्वजनिक (भिडिओसहित) « Khabarhub

गायक बिसीको ‘अछाम जिल्ला तेरा मेरा’ सार्वजनिक (भिडिओसहित)


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कलाकार विक्रम बिसीको सांगितिक कोशेली ‘अछाम जिल्ला तेरा मेरा‘ सार्वजनिक भएको छ।

बिसीकै शब्द संकलन रहेको देउडा गीतमा गायिका सुनिता बुढा क्षेत्रीले साथ दिएकी छन्। गीतको एरेन्ज आशिष् अविरलले गरेका हुन्।

विक्रम चौहान र जुना कार्कीको मुख्य अभिनय रहेको गीतमा सुदूरपश्चिमको अछाम जिल्ला र हालको कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतका परिवेशको बयान गरिएको छ। आफ्नो जन्मस्थल अछाममा बितेको बाल्यकाल र सुर्खेतका हुर्किएको आफ्नो अनुभवलाई गीतमा संयोजन गर्ने प्रयास गरिएको सर्जक बिसीले बताए।

गीत मार्फत सुदूरपश्चिमको भाषा, संस्कृति र भेष भूषालाई पस्किने प्रयास गरिएको छ । त्यति मात्र होइन अछामका कतिपय ठाउँमा हालसम्म पनि गाडी नपुगेको, उकालो ओरालो, डाँडाकाँडाको चर्चा गर्दै कर्णालीको चिसापानी,  तिलौडाको लेखको मनोरम दृश्यलाई अनुभूति गरेका शब्द सुन्न पाइन्छ । जुन गीतमा पर्यटकीय स्थल रामारोशन ताललाई वैकुण्ठसँग तुलना गरिएको छ।

नछुट्ने माया लगाए पनि छुटेको भन्दै गीतमार्फत माया लागे पुतलीको भेषमा भेट्न आउन प्रेमिकालाई अपिल गरिएको छ। ढल्किले बैँस साँच्न नसकिने भन्दै लगाएको माया भुल्न नसकिने यथार्थ चित्रण गीतमा गरिएको छ। लामो समयदेखि काठमाडौँको कपनमा बस्दै आएका गायक बिसीले ५० को दशकमा रेडियो नेपालको भ्वाइस परीक्षामा सहभागी भएका थिए। ५२ सालमा भ्वाइस टेस्ट पास गरे पनि पारिवारिक समस्याले गीतसंगीत क्षेत्रलाई निरन्तरता दिन नसकेको उनी बताउँछन्।

बाल्यकालदेखि नै संगितमा रुची भएका बिसीले गीत संगितको क्षेत्रमा आफ्नो उपस्थिती जनाउँदै आएका छन्। अब उनी छिटै झ्याउरे लोक गीत ‘घुमाउरो घुमाउरो कर्णाली’ ल्याउने तयारीमा जुटेका छन् ।

विक्रम बिसी युटूब च्यानलमार्फत बुधबार सार्वजनिक गरिएको गीतलाई शनिबार बिहानसम्म करिब ४ हजारले हेरेका छन्।

हेर्नुस् भिडिओ 

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  १० : ३४ बजे

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत