लिग वान च्याम्पियन पीएसजी अन्तिम खेलमा पराजित « Khabarhub

लिग वान च्याम्पियन पीएसजी अन्तिम खेलमा पराजित


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लिग वान च्याम्पियन भइसकेको पेरिस सेन्ट जर्मेन (पीएसजी) अन्तिम खेलमा पराजित भएको छ।

दुई गोलको अग्रता जोगाउन नसक्दा पीएसजी घरेलु मैदानमा क्लेरमन्टफर्टसँग ३–२ ले पराजित भएको हो। यद्यपि, लिग वानको उपाधि भने पीएसजीले उचालेको छ।

शनिबार राति पार्क डेस प्रिन्सेस खेल मैदानमा भएको खेलको १६औं मिनेटमा सर्जियो रामोस रामोसले गोल गर्दै पीएसजीलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए र त्यसको केही मिनेटमा नै २१औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारिदिए।

तर, २४ औं मिनेटमा क्लेरमन्टफर्टका जोहान गास्टिनले गोल फर्काए पछि खेल २–१ को स्थितिमा रहन पुग्यो। पहिलो हाफको इन्ज्युरी समयमा मेदी जिफेनले गोल थपे पछि पहिलो हाफको खेल २–२ गोलको बराबरीमा टुंगियो।

दोस्रो हाफको ६३ औं मिनेटमा ग्रिजोन केयईले गोल गरे पछि पीएसजीलाई पछि पार्दै क्लेरमन्टफर्टले ३–२ को अग्रता लियो। त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी लिग वानको अन्तिम खेलमा पराजित हुन पुग्यो। पराजित अवस्थामा पीएसजीले लिग वानको उपाधी उचालेको छ।

साथै, लियोनेल मेस्सी र रामोसको पीएसजीवाट यो अन्तिम खेल थियो किनभने मेस्सी र रामोसले यस सिजनवाट पीएसजी छाडने निर्णय यसअघि नै गरिसकेका छन्। मेस्सी साउदी क्लबसँग आबद्ध हुने चर्चा परिचर्चाका बिचमा मेस्सीले पीएसजीबाट अन्तिम खेल खेलेका छन्।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ६ : १३ बजे

इयुमा पेट्रोल-डिजेल गाडी प्रतिबन्धबारे सदस्य राष्ट्रहरू विभाजित

एजेन्सी– युरोपको अटो उद्योग र त्यसका समर्थकहरू सन् २०३५ देखि

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौं–  काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

समावेशी नीति कार्यान्वयनको चुनौतीबारे छलफल

काठमाडौं– अपाङ्गता भएका व्यक्तिको नीतिसहित यातायात, भौतिक पूर्वाधार तथा संरचनालगायत

सुदूरपश्चिमको विजयी यात्रा रोकियो, ओपनरद्वयले अर्धशतक हानेपछि विराटनगरको शानदार जित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको विजयी