मेयर कपको उपाधि बेसीशहर-२ को पोल्टामा « Khabarhub

मेयर कपको उपाधि बेसीशहर-२ को पोल्टामा


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लमजुङ –  लमजुङ बेसीशहरमा भएको तेस्रो ‘मेयर कप’ वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि बेसीशहर-२ ले हात पारेको छ।

शनिबार साँझ भएको फाइनल खेलमा बेसीशहर-१० लाई शून्यकाविरुद्ध १ गोल गरी वडा नं. २ ले उपाधि जितेको हो।

खेलको पहिलो हाफको १४ औँ मिनेटमा बेनपा–२ का सुदिप सुनारले पहिलो गोल गर्दै अग्रता कायम गरेका थिए। सोही गोल उपाधिका लागी निर्णायक बन्यो।

विजेतासँगै वडा नं. २ को समूहले नगद एक लाख, मेयर कप, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं. १० को समूहले नगद ५० हजार, रजत पदक र प्रमाणपत्र पाएको छ।

फाइनल खेलको म्यान अफ द म्याच र सर्वाधिक गोल कर्ता बनेका बेनपा–२ का खेलाडी सुदिप सुनार र उत्कृष्ट खेलाडी घोषित भएका बेनपा–१० का रवि गुरुङले नगद ५/५ हजार र स्वर्णपदक हात पारे।

नगर खेलकुद विकास समितिको आयोजना र  बेसीशहर नगरपालिकाको प्रायोजनमा सञ्चालित खेलमा नगरपालिका भित्रका ११ वडाको समूहले सहभागिता जनाएको समितिका अध्यक्ष सिजन श्रेष्ठले बताए।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ७ : ०९ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष