संसद् बैठकको कार्यक्रम स्थगन गर्न राप्रपाको प्रस्ताव « Khabarhub

संसद् बैठकको कार्यक्रम स्थगन गर्न राप्रपाको प्रस्ताव


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठकको नियमित कार्यक्रम स्थगन गर्न प्रस्ताव गरेको छ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन। तर, राप्रपाले नीति र नियमविपरीत नागरिकता विधेयक प्रमाणीकरण गरेकाले यस विषयमा छलफल नगरी नियमित रुपमा संसद् बैठक अघि नबढ्ने भन्दै निर्धारित सबै कार्यक्रम स्थगित गर्न प्रस्ताव गरिएको हो।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम संसद् बैठकको कार्यक्रम स्थगित गर्न प्रस्ताव पेस गरेका छन्।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ११ : ५१ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक