गायिका अधिकारीको 'ए सुवा' मा समारिका र जोन (भिडियो) | Khabarhub Khabarhub

गायिका अधिकारीको ‘ए सुवा’ मा समारिका र जोन (भिडियो)


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकप्रिय गायिका समीक्षा अधिकारी र  गायक गोकुल खरेलको स्वर समावेश ‘ए सुवा’ बोलको गीतको भिडियो रिलिज भएको छ ।

लामो समयदेखि जापानमा बसेर आफ्नो व्यवसाय सञ्चालन  गर्दै आएका गायक गोकुलले हालै रिलिज गरेको गीतमा  सागर खरेलका शब्द , दीपक शर्माको संगीत तथा उदय राज पौडेलको एरेन्ज रहेको छ । जसमा मोडलद्वय समारिका दाहाल र जोन बमको अभिनय रहेको छ ।

सुदूरपश्चिमको मौलिक भाषामा आधारित रहेर प्रेमीले प्रेमिकालाई मायालु भाषामा गरिएको सम्बोधन हो ए सुवा त्यस्तै प्रेमीकाले प्रेमीलाई  ए साइ भन्छन् । कञ्चनपुरका गायक गोकुलले ए सुवा मार्फत एक प्रेमिल जोडीको रमाइलो प्रेम कथा देखाउन खोजिएको छ ।  

उत्तम श्रेष्ठ शिशिरको निर्देशन, मुकेश हुमागाईँको छायांकन तथा बिनोद बमको सम्पादन तथा कलर रहेको छ । राहुल बराइलीको कोरियाग्राफी रहेको भिडियो गायक गोकुलकै च्यानलबाट रिलिज गरिएको हो ।

गायक गोकुलले यसअघि फुलेको फुल, सिकाउँदैछ केही, उडाइलगेछ, आधा परान, फुलेको फुल, कहाँ थियौ, हामी स्वास्थ्यकर्मी, राष्ट्रिय गीत गुन्द्रुक ढिँडो, भमरा, लगायतका जितहरू बजारमा ल्याइसकेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ३ : २९ बजे

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार