गायिका अधिकारीको ‘ए सुवा’ मा समारिका र जोन (भिडियो) « Khabarhub

गायिका अधिकारीको ‘ए सुवा’ मा समारिका र जोन (भिडियो)


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकप्रिय गायिका समीक्षा अधिकारी र  गायक गोकुल खरेलको स्वर समावेश ‘ए सुवा’ बोलको गीतको भिडियो रिलिज भएको छ ।

लामो समयदेखि जापानमा बसेर आफ्नो व्यवसाय सञ्चालन  गर्दै आएका गायक गोकुलले हालै रिलिज गरेको गीतमा  सागर खरेलका शब्द , दीपक शर्माको संगीत तथा उदय राज पौडेलको एरेन्ज रहेको छ । जसमा मोडलद्वय समारिका दाहाल र जोन बमको अभिनय रहेको छ ।

सुदूरपश्चिमको मौलिक भाषामा आधारित रहेर प्रेमीले प्रेमिकालाई मायालु भाषामा गरिएको सम्बोधन हो ए सुवा त्यस्तै प्रेमीकाले प्रेमीलाई  ए साइ भन्छन् । कञ्चनपुरका गायक गोकुलले ए सुवा मार्फत एक प्रेमिल जोडीको रमाइलो प्रेम कथा देखाउन खोजिएको छ ।  

उत्तम श्रेष्ठ शिशिरको निर्देशन, मुकेश हुमागाईँको छायांकन तथा बिनोद बमको सम्पादन तथा कलर रहेको छ । राहुल बराइलीको कोरियाग्राफी रहेको भिडियो गायक गोकुलकै च्यानलबाट रिलिज गरिएको हो ।

गायक गोकुलले यसअघि फुलेको फुल, सिकाउँदैछ केही, उडाइलगेछ, आधा परान, फुलेको फुल, कहाँ थियौ, हामी स्वास्थ्यकर्मी, राष्ट्रिय गीत गुन्द्रुक ढिँडो, भमरा, लगायतका जितहरू बजारमा ल्याइसकेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ३ : २९ बजे

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत