मोटरसाइकल र अटो ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते « Khabarhub

मोटरसाइकल र अटो ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते


२१ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङमा मोटरसाइकल र अटो एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा अटो चालक घोराही उपमहानगरपालिका-५ बस्ने किरण रोका रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

टाउकोमा गम्भीर चोट लागेका रोकाको स्वास्थ्य चौकी सिसहनियामा उपचारका क्रममा दिउँसो करिब २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै घाइते हुनेहरूमा अटोमा सवार घोराही १८ मसिना बस्ने ५२ वर्षीया डिलसरा बादी, मोटरसाइकल चालक राप्ती गाउँपालिका-३ वसन्तपुर बस्ने ३३ वर्षीय दोर्णबहादुर चौधरी र मोटरसाइकलमा सवार सोही ठाउँका ३० वर्षीय सुन्दरप्रसाद चौधरी रहेको जिप्रका दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

घाइते चौधरी दुबै जनालाई थप उपचारका लागि बाँकेको नेपालगन्ज रिफर गरिएको छ । घाइते बादीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ ।

आइतबार दिउँसो करिब साढे १ बजेतिर राप्ती गाउँपालिका(४ श्रीनारायण चोकस्थित पूर्वपश्चिम राजमार्ग घोराहीबाट भालुबाङतर्फ जाँदै गरेको भे १२ प ७५०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा १ ह ५६०१ नम्बरको अटो आपसमा ठोक्किएका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ८ : ३७ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया