एपीएफको राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु | Khabarhub Khabarhub

एपीएफको राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आजदेखि ‘१६औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८०’ सुरु भएको छ ।

यही जेठ २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व कृष्णमोहन श्रेष्ठको स्मरणमा आयोजना भइरहेको यस प्रतियोगिताले देशभर छरिएर रहेका प्रतिभावान खेलाडीहरुलाई एकीकृत गर्दै खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले मानव जीवनमा स्वस्थ शरीर एवं मस्तिष्क कायम राख्न खेलले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै कुनै पनि खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल भावना र अनुशासित भएर जीत हासिल गरेमा उसलाई हेर्ने दृष्टिकोण सदैव सकारात्मक हुने बताए ।
कूल पुरस्कार राशि रु आठ लाख ६५ हजार रहेको प्रतियोगितामा १० वटा इभेन्ट्सहरु समावेश गरिएको छ । जसमा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा, भेट्रान्स युगल ४५र५५ वर्ष, मिक्स डबल्स र मास्टर युगल ३५ वर्ष माथिलगायत रहेको छ ।

प्रतियोगितामा आज पुरुष एकल, पुरुष युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा र मिक्स डबल्स इभेन्ट्सका पहिलो चरणको खेलहरु खेलाइएको थियो ।

कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र श्रेष्ठ, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, वंशीराज दाहाल, पूर्व सशस्त्र प्रहरी सङ्घका अध्यक्ष, अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  १० : ०७ बजे

घरेलु कार्यालय भोजपुरद्वारा ‘डिजिटल’ भुक्तानी सेवा थालनी

भोजपुर– भोजपुरमा घरेलु उद्योग कार्यालयले डिजिटल भुक्तानी सेवा सुरु गरेको

इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन सहयोग

झापा– गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताको प्रदर्शनका

महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत

काठमाडौं– कम्तीमा पनि १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग

यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र वेस्ट इन्डिज भिडन्त : ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट