संघीय संसद्‌का दुवै सदनको बैठक आज बस्ने   « Khabarhub

संघीय संसद्‌का दुवै सदनको बैठक आज बस्ने  


२२ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ।

बैठकमा सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची छ। आइतबारको बैठक प्रतिपक्ष दलले अवरुद्ध गर्दा कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा अवरुद्ध गरेका थिए भने राष्ट्रिय सभामा एमाले एक्लैले रोकेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा बङ्गलादेशसम्म सीमा पहुँचका लागि नेपाली भूमि कालापानी साटफेर गरेर सीमा विवाद मिलाउन सकिने भन्ने अभिव्यक्ति दिएको, राष्ट्रपतिले निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा एमालेले विरोध जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयकको मात्रै विरोध जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले भने नागरिकता विधेयक र रेसम चौधरीको आममाफीबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् सुचारु गर्न नदिने चेतावनी दिएको छ। तीन दलको अवरोध पछि आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभा बैठक आजका लागि सुचना निकालेर स्थगित गरिएको थियो।

प्रतिपक्ष दलले अवरोध गरे पछि आधा घण्टाका लागि स्थगित राष्ट्रियसभाको दोस्रो बैठकमा केही कार्यसूची हटाइ शोक प्रस्ताव पारित गरेर सकिएको थियो।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ६ : ५३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको