वातावरणको संरक्षणमा लागौँ : उपराष्ट्रपति यादव « Khabarhub

वातावरणको संरक्षणमा लागौँ : उपराष्ट्रपति यादव


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले विश्व वातावरण दिवसको सार्थकता, सान्दर्भिकता र महत्त्वले मूर्तरूप लिनका लागि सक्रिय हुनुपर्ने बताएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले व्यक्तिगत र सामूहिक रूपमा प्रकृति र प्राकृतिक वातावरणको संरक्षणमा सक्रियताका साथ लाग्नुपर्ने बताएका हुन् ।

शुभकामना सन्देशमा उनले भनेका छन्, “पृथ्वी र प्रकृति सबैको साझा हो भन्ने मूल मर्म बुझेर वातावरण प्रदूषण न्यूनीकरण गर्न सबै सरोकारवाला सचेत हुँदै सक्रिय सहभागिता अपरिहार्य छ । भावी पीढीलाई प्रकृतिसँग माया र प्रेम गर्न सिकाउँदै वातावरण प्रदूषणले सिङ्गो मानव जातिमाथि पार्ने प्रभावको न्यूनीकरण गर्न सबै पक्ष सचेत भई अग्रसर हुनु पर्दछ ।”

यस दिवसका अवसरमा ‘प्लास्टिक प्रदूषणविरुद्ध लागौँ’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस आज मनाइँदैछ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ९ : ४८ बजे

स्कटल्यान्डविरुद्ध ओपन कुशल भुर्तेल आउट : विनोद र अर्जुनलाई निरन्तर अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

विजयले तमिलनाडुको राजनीतिमा कसरी उथलपुथल ल्याइदिए ?

काठमाडौं- दक्षिण भारतको राजनीति र फिल्म उद्योगबीचको सम्बन्ध निकै पुरानो

विश्वकप लिग-२ : स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा

कसरी चिन्ने फेक आइडी ?

काठमाडौं- एउटा भनाइ छ- ‘गलत सूचना पाउनुभन्दा सूचना नपाउनु नै

रास्वपा केन्द्रीय समिति बैठक बुधबारका लागि आह्वान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान