हिमाल दोलखा हाइड्रोको हकप्रद सेयर बिक्री खुला « Khabarhub

हिमाल दोलखा हाइड्रोको हकप्रद सेयर बिक्री खुला


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आज (सोमबार) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । गत वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले हकप्रदका लागि असार १० गतेसम्ममा आवेदन दिन सक्नेछन् । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । जसअनुसार १ कित्ता सेयर बराबर नयाँ ०.७५ कित्ता शेयर हुनेछ ।

कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

लगानीकर्ताले लक्ष्मी क्यापिटल, हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाका साथै सि आस्वा प्रणालीमार्फत र मेरो शेयर अनलाइनबाट आवेदन दिन सक्ने छन् ।

कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि गत वैशाख २७ गते बुक क्लोज गरेको थियो । 

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  १० : ३२ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा