शौचालयको ढोकामा अवार्ड झुन्ड्याउँछन् नसीरुद्दीन « Khabarhub

शौचालयको ढोकामा अवार्ड झुन्ड्याउँछन् नसीरुद्दीन


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका दिग्गज अभिनेता नसीरुद्दीन शाहले आफ्ना लागि अवार्ड कार्यक्रमको कुनै महत्व नरहेको बताएका छन्।

उनले दमदार अभिनयका लागि आफूले पाएका सबै अवार्ड शौचालयको ढोकाको ह्याण्डलमा झुण्ड्याएको खुलासा गरेका छन्।

‘मेरा लागि फिल्म फेयर जस्तो अवार्डले पनि महत्व राख्दैन। मेरो एक फार्म हाउस छ, जहाँको ट्वाइलेट हेण्डलमा यी सबै अवार्ड झुण्डिइरहेका छन्’ उनले भनेका छन्।

नसीरुद्दीनको बुझाईमा यी ट्रफीको कुनै मूल्य छैन। उनले जब पहिलोपटक अवार्ड पाएका थिए, त्यो बेला उनी निकै खुशी भएका थिए। ‘त्यसपछि मैले धमाधम अवार्ड पाउन थालें। जुन काम मेरो करियरको सुरुवातमा भयो। पछि मलाई थाहा भयो कि जुन अवार्डको लामो नतिजा छ, यो मेरो कामले गर्दा पाएको छैन’, उनले खुलाए। उनले आफ्ना लागि पद्मश्री, पद्मभूषण जस्ता अवार्डको मात्र महत्व हुने बताए।

उनको अनुभवमा कोही कलाकारले ज्यान दिएर काम गर्छ भने त्यो राम्रो कलाकार हो। ‘तपाईंले टोकरीबाट एउटा बन्दा निकालेर यो राम्रो छ भन्नुभयो भने त्यो कसरी जायज हुन्छ। जबकी जुन मैले दुईवटा पाइरहेको थिएँ, त्यो म लिन नै गएन। मैले जहाँ फार्महाउस बनाएको थिएँ, त्यहाँ लगेर यी अवार्ड झुन्ड्याउनु उपयुक्त ठाने। आज जो-जो मेरो बाथरुममा जान्छन्, उनीहरुले दुई-दुई अवार्ड पाउँछन्। दुवै हातले ढोका खोल्नुपर्छ, उनीहरुलाई दुई फिल्म फेयर अवार्ड’, उनले भनेका छन्।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ११ : २० बजे

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा