वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइयो  | Khabarhub Khabarhub

वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइयो 


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा यस वर्ष प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ भन्ने नाराका साथ वातावरण दिवस मनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभाग पनि काठमाडौंमा विषेश कार्यक्रमको आयोजना गरेको थियो । 

कार्यक्रममा वन तथा वातावरणमन्त्री विरेन्द्र प्रसाद महतोले औपचारिक कार्यक्रम मात्रै गरेर वातावरणको रक्षा गर्न नसकिने बताए । उनले अहिले पनि नेपालमा वातावरण प्रदुषण गर्ने सवारी साधनहरू आयात भइरहेको भन्दै यसलाई रोक्न नीतिगत व्यवस्था गर्नुपर्ने धारणा राखे । साथै उनले वातावरण जोगाउनका लागि सर्वसाधारणमा जनचेतना आवश्यक रहेको उल्लेख गरे ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिकका दिन विश्व वातावरण दिवस मनाइदै आइरहेको छ । प्लास्टिक प्रदूषण रोकथाम गर्न भन्दै नेपालले २०७२ सालदेखि नै ४० माइक्रोन भन्दा पातला प्लाष्टिकको प्रयोगमा रोक लगाएपनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । 

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  २ : ४६ बजे

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

सिरहा – लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय मिर्चैया,

दसैँ बिदामा कृष्णपुर स्वास्थ्यचौकीमा २४सै घण्टा आकस्मिक स्वास्थ्य सेवा

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर स्वास्थ्यचौकीमा दसैँको सार्वजनिक बिदामा पनि २४

नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न

काठमाडौं – नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखको भौतिक

मिर्चैयामा मिथिलाको मौलिकता झल्काउने झिझियाँ नृत्य प्रतियोगिता

सिरहा – बडादसैँको सुरुआतसँगै सिरहाको मिर्चैयामा परम्परागत मैथिली लोकसंस्कृतिको गौरव

विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी लेनिनग्राद क्षेत्रमा पर्ने स्लान्त्सी जिल्लामा यस