नेपालमा लगानी बढाउन उद्योग मन्त्री रिजालको आग्रह | Khabarhub Khabarhub

नेपालमा लगानी बढाउन उद्योग मन्त्री रिजालको आग्रह


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उच्च प्रतिफल प्राप्त गर्ने क्षेत्रमा लगानी बढाउन इटाली सरकारसँग आग्रह गरेका छन् । 

इटालीका गैर-आवासीय राजदूत भिन्सेन्जो डि लुकाले आज गरेको शिष्टाचार भेटमा मन्त्री रिजालले सूचना प्रविधि, पूर्वाधार विकास, सेवा क्षेत्र, जलविद्युत्, कृषि क्षेत्रलगायतमा लगानी बढाउन र विविधिकरण गर्न आग्रह गरेका हुन् । इटालीबाट भित्रिएको प्रत्यक्ष विदेशी लगानीको प्रशंसा गर्दै उनले नेपालमा लगानी भित्र्याउन राजदूतले अधिकतम प्रयास गर्ने विश्वास व्यक्त गरे । 

भेटमा द्विपक्षीय सम्बन्ध, सहयोग तथा व्यापार र लगानीलगायत विषयमा छलफल भएको थियो । भेटमा मन्त्री रिजालले नेपाल र इटालीले विभिन्न विषयमा साझा धारणा राखेको र बहुपक्षीय फोरममा मिलेर काम गरेको स्मरण गर्दै आगामी दिनमा पनि यस्तो सम्बन्ध कायम रहने विश्वास व्यक्त गरे। 

उनले भूकम्प तथा कोभिड-१९ महामारीका समयमा इटाली सरकारले गरेको सहयोगको सरहाना गरे । नेपाल अल्पविकसित राष्ट्रको स्थितिबाट स्तरोन्नति हुने चरणमा रहेको उल्लेख गर्दै मन्त्री रिजालले आगामी दिनमा इटाली सरकारले आफ्नो सहयोगको दायरा बढाउने विश्वास व्यक्त गरे। 

भेटमा गैरआवासीय राजदूत लुकाले नेपालसँग इटालीको व्यापार बढेको उल्लेख गर्दै इटालीमा उत्पादन भएका नयाँ प्रविधिका मेसिन नेपालमा आपूर्ति गर्न सकिने बताए । नेपाल र इटालीबीच द्विपक्षीय सम्बन्धबाट ब्यापार लगानी वृद्धि गर्न सकिने उनले स्पष्ट पारे । इटाली सरकारले २०३० सालमा ‘रोम एक्स्पो’ आयोजना गर्न लागेको जानकारी दिँदै राजदूत लुकाले उक्त एक्स्पोमा नेपाली कला संस्कृति र पहिचानसहित नेपालको पनि सहभागिता रहने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ३ : १८ बजे

विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी लेनिनग्राद क्षेत्रमा पर्ने स्लान्त्सी जिल्लामा यस

माओवादी बैठकमा प्रश्न : प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्यागको स्रोत के हो ?

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को शुक्रबार सम्मप्न केन्द्रीय समितिको सातौँ

गोकर्णेश्वरबाट रिभल्वर र बिनेटसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्तीबाट रभल्वर र

साल्ट ट्रेडिङले चाडपर्वमा कसरी दिँदैछ सहुलियत ?

काठमाडौं– दशैँसहितका ठूला चाडपर्व आएसँगै उपभोक्ताले अत्यावश्यकता वस्तुको आपूर्ति र