पूर्वप्रधानमन्त्री नेपालसहितको टोली बाढी प्रभावित क्षेत्रको निरीक्षणमा « Khabarhub

पूर्वप्रधानमन्त्री नेपालसहितको टोली बाढी प्रभावित क्षेत्रको निरीक्षणमा


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालसहित मन्त्रीहरुको टोली बाढी प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएको छ ।

वरिष्ठ नेता नेपालसहित उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, संघीय संसदको विकास समितिकी अध्यक्ष कल्याणि खड्का र रौतहबाट नेकपा सांसद प्रभु साहलगायत प्रदेश नम्बर २ का सांसदको टोली बाढी तथा डुवान प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएको हो ।

टोली बुधबार विहान रौतहट पुगेको छ ।

गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईका अनुसार तराईका जिल्लामा बाढीले पुर्‍याएको क्षति तथा उद्धार र राहत वितरणबारे स्थलगत र हवाई निरीक्षण गर्ने छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ११ : ३० बजे

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८

प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीद्वारा काठमाडौंबाट उम्मेदवार सिफारिस

काठमाडौँ– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौँ

बिरामीलाई महँगा अस्पताल लैजाने एम्बुलेन्स चालकलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक प्रलोभनमा पारी बिरामीलाई महँगा