राष्ट्रियसभा बैठकबाट शोक प्रस्ताव पारित « Khabarhub

राष्ट्रियसभा बैठकबाट शोक प्रस्ताव पारित


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको व्यहोरा जानकारी गराएका हुन्। संविधानसभा सदस्य टिवडेवाल २०७० सालको संविधानसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए ।

उनको हेम्स अस्पताल, धुम्बाराहीमा उपचारको क्रममा २०७९ साल चैत २२ गते बुधबार निधन भएको थियो । बैठकले टिवडेवालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ २३ गते ११ बजेर ११ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ५ : ३७ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले