'संघीयता कार्यान्वयनमा पिआइएस पोर्टल महत्वपूर्ण' | Khabarhub Khabarhub

‘संघीयता कार्यान्वयनमा पिआइएस पोर्टल महत्वपूर्ण’


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय संरचनाको कार्यान्वयनमा प्रादेशिक पिआइएस पोर्टल महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय किताब खाना ललितपुरद्वारा तयार गरिएको ‘प्रादेशिक पिआइएस पोर्टल हस्तान्तरण’ कार्यक्रममा उनले पोर्टलको निर्माणबाट प्रदेशका र स्थानीय निकायका कर्मचारीको मनोबल उच्च भएको धारणा राखे ।

मुख्यमन्त्री कार्कीले पोर्टलमा कर्मचारीको व्यक्तिगत विवरण व्यवस्थित राख्ने एवं सेवापछि पाउनेपर्ने सम्पूर्ण विषयका अभिलेखीकरणबारे जानकारी दिए। उनले प्रदेशमा राष्ट्रिय किताब खानाको स्थापनाले संघीय संरचनाको कार्यान्वयनलाई बलियो बनाउने विश्वास व्यक्त गरे । मुख्यमन्त्री कार्कीले हस्तान्तरण भएको प्रादेशिक पोर्टललाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि मुख्यमन्त्री कार्यालय तथा सम्बन्धित महाशाखालाई निर्देशन दिए ।

प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेले प्रदेश पोर्टल संघीयता कार्यान्वयनको महत्वपूर्ण पाटो भएको धारणा राखे । राष्ट्रिय किताब खानाका उपनिर्देशक सुशीला अर्यालले पोर्टलले प्रदेशको जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राखे । उपनिर्देशक अर्यालले मुख्यमन्त्री कार्यालयका सचिव माधवप्रसाद पोखरेललाई उक्त पोर्टल हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ६ : ०६ बजे

आइतबार प्रतिनिधिसभाबाट निजामती सेवा विधेयक पारित हुने

काठमाडौं– प्रतिनिधिसभाबाट आइतबार (भोलि) संघीय निजामती सेवा विधेयक–०८०  पारित हुने भएको

पूर्वराष्ट्रपति भण्डारीले गरिन् ओलीको प्रशंसा

 काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली ‘समृद्ध नेपाल,

पूर्वराष्ट्रपतिले भनिन्– मदनका सपना साकार पार्ने दिशामा अग्रसर नेतासँगै रहने छु  

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको मार्ग दर्शक सिद्धान्त ‘जनताको

रुकुम पश्चिममा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

त्रिवेणी– रुकुम पश्चिमबाट एकजना गर्भवतीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार

प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ बहुमतले