कामपाको तीन विद्यालयमा सञ्चालन भएन 'शिक्षामा सीप कार्यक्रम' | Khabarhub Khabarhub

कामपाको तीन विद्यालयमा सञ्चालन भएन ‘शिक्षामा सीप कार्यक्रम’


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले यही शैक्षिक सत्रदेखि सुरु गरेको शिक्षामा सीप कार्यक्रम तीन माध्यमिक विद्यालयमा सञ्चालन हुन सकेको छैन । 

कामपाले गत वैशाख १२ देखि सुरु गरेको शिक्षामा सीप कार्यक्रम सञ्चालन हुन नसकेको विद्यालयमा केन्द्रीय कारागारमा रहेको जगन्नाथ माध्यमिक विद्यालय, नन्दी रात्रि माध्यमिक र केन्द्रीय बहिरा माध्यमिक विद्यालय रहेका छन् ।  

जगन्नाथका विद्यार्थीलाई विद्यालय बाहिर लैजान नमिल्ने, नन्दी रात्रि माविका विद्यालय रातिको समयमा सञ्चालन हुँदा समय अपुग हुनाले र केन्द्रीय बहिरा विद्यालयमा विद्यार्थीको आवश्यकताअनुसार शिक्षक उपलब्ध गराउन नसक्दा ती विद्यालयमा शिक्षामा सीपअन्तर्गत अतिरिक्त कार्यक्रम सञ्चालन हुन नसकेको कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए ।  

कामपाले यही शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको माध्यमिक तह कक्षा ९ देखि १२ सम्म सीपमूलक कार्यक्रम थालनी गरेको छ । कामपामा ८९ वटा सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन् । उनन्साठी माध्यमिक विद्यालयमध्ये ५६ वटामा मात्र शिक्षामा सीप कार्यक्रम सञ्चालन भइरहेको छ । 

पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवन उपयोगी, सीपमूलक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यसहित कामपाले उक्त कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रमका लागि चालु आवका लागि एक लाख विनियोजन गरिएको थियो भने आगामी आवका लागि प्रत्येक विद्यालय दुई लाखका दरले बजेट विनियोजन गर्ने कामपाको तयारी छ ।  

कार्यक्रमअन्तर्गत ९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली, काष्ठकला, पाक कलालगायत १० क्षेत्र निर्धारण गरिएका छन् । फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान वायरिङ एण्ड इलेक्ट्रिकल, विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने परम्परागत कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधालाई पाठ्यक्रममा समावेश गरिएको छ । सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेर मान्यता प्राप्त संस्था र निकायबाट प्रशिक्षण प्रशिक्षक तालिम लिएका व्यक्ति उक्त कार्यक्रमको प्रशिक्षक भएका छन् । 

दक्ष जनशक्ति उत्पादन गर्न कामपाले ११ औँ नगरसभाबाट बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यावसायिक बनाउँदै लैजाने नीति लिएको छ ।  

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ७ : २३ बजे

उपराष्ट्रपति यादवसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार बिदाइ भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महाङ्घका राजदूत एलेक्सी

सेवा विस्तार गर्दै जीपी कोइराला अस्पताल

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा

उपत्यकाका मेयर्स फोरमले गर्‍यो पुनः निर्माणका लागि ६ करोड दिने घोषणा

काठमाडौं– उपत्यकाका मेयर्स फोरमले क्षतिग्रस्त संरचना पुन निर्माणका लागि ६ करोड

काज सरुवाको निर्देशन दरबन्दी शिक्षकमा मात्रै लागू हुने

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत