प्रहरी महानिरीक्षक कुँवर सिङ्गापुर प्रस्थान « Khabarhub

प्रहरी महानिरीक्षक कुँवर सिङ्गापुर प्रस्थान


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसिबी)को सम्मेलनमा भाग लिन सिङ्गापुर प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा आगामी जेठ २४ देखि २६ गतेसम्म सिङ्गापुरमा हुन लागेको राष्ट्रिय केन्द्रीय ब्यूरोका प्रमुखहरूको सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

हेड अफ एनसिबी सम्मेलनमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराध नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण एक सय ९५ सदस्य राष्ट्रका प्रमुख तथा इन्टरपोल महासचिवबीच एकैसाथ समन्वय एवं सहकार्यको विषयहरूमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्मेलनमा इन्टरपोलका सदस्य राष्ट्रका प्रमुखले आ–आफ्ना देशका प्राथमिकताहरू, उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्नेछन् । सम्मेलनमा एनसिबी काठमाडौँ शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबरासमेत सहभागी छन् ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नुहुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  १० : १० बजे

भन्सार छलेर ल्याइएका सामान बरामद

सुदूरपश्चिम– कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख

लिग–२ मा खराब प्रदर्शनसँगै रोहितको कप्तानी खोसियो, चार वर्षपछि सन्दीपलाई जिम्मेवारी

काठमाडौं- रोहित पौडेललाई हटाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय

गठेमंगलको सामान किनमेल गर्दै नेवार समुदायका मानिस (तस्बिरहरू)

काठमाडौं- काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने