नागरिकता विधेयकमा सर्वोच्चको आदेशप्रति लोसपाको असन्तुष्टि « Khabarhub

नागरिकता विधेयकमा सर्वोच्चको आदेशप्रति लोसपाको असन्तुष्टि


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धी विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले असन्तुष्टि व्यक्त गरेको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले आज विज्ञप्ति जारी गर्दै अदालतले अन्यायमा परेका लाखौँ नागरिकलाई न्याय दिन नसकेको भन्दै आपत्ति जनाएका छन् । “सम्मानित सर्वोच्च अदालतद्वारा यस विषयमा पटक–पटक आउने स्थगन आदेश नागरिकताविहीन नागरिकहरूप्रति संवेदनशील नरहेको र अन्यायमा परेका लाखौँ नागरिकलाई न्याय दिन नसकेको निर्णयप्रति असहमत रही सोको पीडा बोध भएकाले यस किसिमको अन्यायविरुद्ध विरोध प्रकट गर्न हामी बाध्य भएका छौँ”, विज्ञप्तिमा भनिएको छ ।

साथै लोसपाले वर्तमान राष्ट्रपति पौडेलले भने आफ्नै देशको नागरिकमाथि भइराखेको अन्याय रोक्न ऐतिहासिक कदम चालेर विधेयकलाई प्रमाणीकरण गरेकोमा धन्यवाद दिएको छ । राष्ट्रपति पौडेलले सार्वभौमसत्ता सम्पन्न जनताको प्रतिनिधित्व गर्ने सङ्घीय संसद्को सर्वोच्चता कायम गरेको भन्दै लोसपाले आभार व्यक्त गरेको छ ।

राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकतासम्बन्धी विधेयकविरुद्ध परेको रिटमा आइतबार सुनुवाइ गर्दै सर्वोच्चले तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । लोसपाले सुरुदेखि नै आफ्नै मुलुकमा नागरिकताविहीन अवस्थामा रहेका जन्मसिद्ध नागरिकका सन्तानले संवैधानिक व्यवस्थाअनुसार नागरिकता पाउनै पर्ने विषयलाई लिएर निरन्तर सङ्घर्ष गर्दै आएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  १० : ५४ बजे

अब पोखरा–दुबई नियमित हवाई उडान

काठमाडौँ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको

गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक- एमाले

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई

भारतमा नेटवर्किङ कम्पनी खोलेर ठगीधन्दा

काठमाडौँ । नेटवर्किङ कम्पनीमार्फत ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ

अदालतकै लेटरप्याड कीर्ते, एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र आधिकारिक दस्तखतसमेत कीर्ते

एनसेल डाटा सेन्टरले पायो एएनएसआईरटीआईए-९४२-सी प्रमाणीकरण

काठमाडौँ । एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक