रुसी सेनाका कमान्डर बाग्नर समूहको नियन्त्रणमा | Khabarhub Khabarhub

रुसी सेनाका कमान्डर बाग्नर समूहको नियन्त्रणमा


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मस्को- युक्रेनसँग चलिरहेको युद्धको बीचमा रूसी सेना र वाग्नर समूह बीच पटकपटक मतभेद भएको रिपोर्ट बाहिर आएको छ।

पछिल्लो समाचार अनुसार वाग्नर समूहले रूसी सेनाको शीर्ष कमाण्डरलाई बन्धक बनाएको छ। वाग्नर समूहले रुसी सेनाका कमाण्डरको भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरेको छ।

वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको सामाजिक सञ्जालमा पोस्ट भएको भिडियोमा रुसी सेनाका ७२औं ब्रिगेडका कमान्डर लेफ्टिनेन्ट कर्नल रोमन भेनेभिटिनलाई बन्धक बनाएको देखिन्छ। रूसी सेना र येभगेनी प्रिगोजिनको नेतृत्वमा रहेको वाग्नर समूह बीचको विवाद केही समयदेखि बढेको छ।

यद्यपि रुसी रक्षा मन्त्रालयबाट यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। बाख्मुतमा भएको रुसको विजयमा वाग्नर समूहको महत्त्वपूर्ण भूमिका थियो।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  १० : २५ बजे

म माथि षडयन्त्र भयो, संलग्नको नाम छिट्टै सार्वजनिक गर्छु : सन्दीप लामिछाने

काठमाडौं– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र