दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णयप्रति सरोकारवालाको आपत्ती | Khabarhub Khabarhub

दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णयप्रति सरोकारवालाको आपत्ती


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ देखि राष्ट्रिय दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय गरेको भन्दै सरोकारवालाहरूले आपत्ती जनाएका छन् । 

दूधजन्य उत्पादन र उद्योगलाई नियमन गर्ने र किसानलाई विभिन्न सहुलियतका प्याकेजहरू ल्याउने र डेरी उद्योगसम्बन्धी नीति-नियम बनाउने संस्थानै खारेज हुन लागेपछि सरोकारवाला निकायहरू सरकारको उक्त निर्णयको विरोधमा उत्रिएका छन् । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डेरी उद्योगसँग सरोकार राख्ने संघ-संस्थाहरु नेपाल डेरी साइन्स एशोसिएसन, नेपाल डेरी एशोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ, केन्द्रीय पशुपन्छी तथा मात्सर्य विकास सहकारी संघ, नेपाल एनिमल साइन्स एशोसिएसनलगायतका निकायहरुले सरकारको उक्त निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन् । नेपाल डेरी साइन्स एशोसिएसनका अध्यक्ष टेकबहादुर थापाले देशको कूल राष्ट्रिय आयमा ठूलो योगदान पुर्‍याइरहेको डेरी उद्योगको नियामक निकाय खारेजी हुनु दुःखद रहेको बताए ।

केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यले राष्ट्रिय दुग्ध विकास बोर्ड किसानले आफ्ना कुरा राख्ने ठाउँ भएको भन्दै यसको खारेजीको कुनै औचित्य नै नरहेको बताए । उनले आफ्ना मागका बारेमा अहिले ध्यानाकर्षण मात्रै गराइएको भन्दै माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिए ।

केन्द्रीय पशुपन्छी तथा मात्सर्य विकास सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीले दुग्ध विकास बोर्ड अन्तर्गत अहिले किसान र व्यवसायीहरूले गोठ सुधार, दूधको गुणस्तरको बारेमा जानकारी, किसान उद्योगीबीचको समन्वय जस्ता विषयमा सेवा पाइरहेको बताए । किसान र व्यवसायीको हितमा काम गर्ने संस्था खारेजीको निर्णय आफैँमा दुःखद रहेको उनको भनाई छ । 

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ४ : २२ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार स्थानीय बजारमा सुनको

आठ हजारभन्दा बढी कैदीबन्दी कारागारमा फर्किए

काठमाडौं– देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका

यस्तो छ सूर्यविनायक-धुलिखेल सडकको अवस्था (तस्बिरहरू) 

एजेन्सी– अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६

अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृत 

काठमाडौं– अर्थ मन्त्रालयका सबै टिप्पणीको डिजिटल स्वीकृत गर्ने प्रक्रियाको सुरुवात

गुल्मीमा ३८ जातमा कफीको जातीय परीक्षण गरिँदै

गुल्मी– गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु गरिएको छ