'ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ'  | Khabarhub Khabarhub

‘ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ’ 


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिकमले यही जेठ २२ गते एक अनलाइन न्यूज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शंका व्यक्त गर्दै प्रकाशित समाचारप्रति खण्डन गरेको छ । 

टेलिकमले ग्राहकको गोपनीयतालाई सधै सम्मान गर्ने र त्यसको सुरक्षा र गोपनीयतामा एकरत्ति पनि सम्झौता हुन नदिने भन्दै ग्राहकलाई आश्वस्त हुन अनुरोध समेत गरेको छ ।

‘यही जेठ २२ मा एक अनलाइन न्यूज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शंका व्यक्त गर्दै प्रकाशित समाचारप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ, कम्पनीका सेवा अत्यन्त भरपर्दा र सुरक्षित बनाइ ग्राहकवर्गको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको व्यहोरा जानकारी गराउँदै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नुहुन अनुरोध छ’, टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ र 

नेपाल टेलिकमले राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकले झैँ कम्पनीले विवरण उपलब्ध गराउने समेत प्रष्ट पारेको छ । 

पछिल्लो समयमा कम्पनीका सेवाका संस्थागत प्रयोगकर्ता उल्लेख्यरूपमा बढिरहेको व्यहोरासमेत जानकारी गराइएको छ ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ४ : ३२ बजे

सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा

मुख्य याममै सुनसान म्याग्दीका पर्यटकीयस्थल

म्याग्दी– मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् ।

पहिरोले ५ दिनदेखि अवरुद्ध कोशी राजमार्ग

काठमाडौं– वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको कोशी राजमार्ग ५

अझै कायमै छ ‘बालीघरे प्रथा’ 

भोजपुर– ग्रामीण क्षेत्रका गाउँघरमा अहिले पनि ‘बालीघरे प्रथा’ (चलन) कायम

दसैँमा सुनसान बन्दीपुर, आन्दोलनपछि घटे पर्यटक

दमौली– विगतका वर्षमा दसैँको अवसरमा बन्दीपुरमा पर्यटक भरिभराउ हुन्थ्यो ।