'संविधान र संघीयता कार्यान्वयनलाई प्राथमिकता दिनुपर्छ' | Khabarhub Khabarhub

‘संविधान र संघीयता कार्यान्वयनलाई प्राथमिकता दिनुपर्छ’


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान र संघीयताको कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा आव २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले संविधानको कार्यान्वयनका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका, राजनीतिक दल, नागरिक समाज र सञ्चार जगत् प्रतिबद्ध हुनुपर्ने बताए ।

उनले निर्वाचन तालिकालाई बदलेर संसद्, प्रदेश र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिए । नेता निधिले भने, ‘यसले संघीयताको सफल कार्यान्वयनमा सहयोग पुग्छ, यसका लागि जे जे संशोधन गर्नुपर्छ त्यो गरौँ ।’ संविधानलाई कार्यान्वयन गर्ने हो भने जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिनेमा कसैले पनि कुनै बाधा अड्चन गर्न नहुने उनले बताए । ‘न संसद्, न कार्यपलिका, न न्यायालयले अवरोध गर्न पाउँछ’, उनले भने ।

उनले मुलुककै पुरानो त्रिभुवन विश्वविद्यालयलाई ‘एक्सलेन्स’ सेन्टरका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । नेता निधिले बाँकी आङ्गिक र सम्बन्धप्राप्त क्याम्पसलाई नयाँ विश्वविद्यालयका रुपमा विकास गरिनुपर्ने बताए । ‘क्षेत्रगत र विषयगतरुपमा धेरै विश्वविद्यालय भएमा रोजगारी पनि सिर्जना हुन्छ, उच्च शिक्षा अध्ययनका नाममा विदेशिने रकम पनि जोगिन्छ’, उनले भने ।

बजेटको अनुसूचीमा धेरै संस्थाका पुनःसंरचनाको विषय राखिएको भए पनि त्रिविको पुनःसंरचना गर्ने विषय नसमेटिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘जुन देशले मानव जनशक्ति विकासमा ठूलो लगानी गर्छ, त्यही देशले नै समृद्धि र विकासका यात्रा अगाडि बढाउन सक्छ । उच्चस्तरको जनशक्ति नभएमा उच्च विकासको आशा कसरी गर्ने रु त्रिविलाई पुनःसंरचना गरियोस्’, नेता निधिले भने ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ५ : ३५ बजे

इजरायल–प्यालेस्टाइन युद्धमा पत्रकार मारिएकोप्रति प्रेस युनियनबाट दुःख व्यक्त

पोखरा– नेपाल प्रेस युनियनले गरेको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटका क्रममा

देशका १४ स्थानबाट ब्राउनसुगरसहित प्रयोगकर्ता पक्राउ

काठमाडौं – प्रहरीले देशका विभिन्न स्थानबाट १४ जना लागूऔषध प्रयोगकर्तालाई

व्यवसायीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याहरू

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ 

झापा– झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । कनकाई

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी