कोशी प्रदेशसभामा महालेखा परीक्षकको प्रतिवेदन पेश « Khabarhub

कोशी प्रदेशसभामा महालेखा परीक्षकको प्रतिवेदन पेश


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभामा महालेखा परीक्षकको आर्थिक वर्ष २०७८-७९ को पाँचौँ वार्षिक प्रतिवेदन पेश भएको छ । आज बसेको प्रदेशसभा बैठकमा सो प्रतिवेदन पेश गरिएको हो ।

यसैबीच विशेष समयमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको तर्फबाट सदस्य गणेशप्रसाद उप्रेतीले प्रमाणीकरण भएको नागरिकता विधेयकको विषयमा संघीय संसद्मा भइरहेको विरोध राष्ट्रहितमा नरहेको बताए । उनले नागरिकता विहीन अवस्थामा रहेका शिक्षित युवा बेरोजगार भएको, राहदानी बनाउन नपाई वैदेशिक रोजगारमा जान नपाएको समस्यालाई समाधान गर्न बनेको यो कानुनको विरोध गर्नु उचित नभएका बताए । 

नेकपा (एमाले) संसदीय दलको तर्फबाट रामप्रसाद मेहताले सुनसरी मोरङ सिँचाइ आयोजनाबाट बाह्रै महिना कृषकको खेतमा पानी पुर्याउन सरकारले योजना बनाउनुपर्ने माग गरे। उनले अहिले खडेरी र सुक्खाका कारण किसानको खेतमा पानी नपुगिरहेको यस्तो अवस्थामा सुनसरी र मोरङको धेरै नदीको पानी नहरमा खसाल्न सकियो भने कृषकलाई निकै राहत मिल्ने बताए । 

अर्को सूचना जारी नभएसम्मका लागि सदन स्थगित भएको सभामुख बाबुराम गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ६ : २३ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय