बीबीसीद्वारा कर छलेको स्वीकार, भारतलाई बुझायो ६४ करोड  « Khabarhub

बीबीसीद्वारा कर छलेको स्वीकार, भारतलाई बुझायो ६४ करोड 


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले भारतलाई ६४ करोड रुपैयाँ आयकर तिरेको छ। मिडिया रिपोर्टका अनुसार केन्द्रीय प्रत्यक्ष कर बोर्ड (सीबीडीटी) लाई पठाएको पत्र अनुसार बीबीसीले कर नतिरेको स्वीकार गर्दै कर तिरेको हो । 

आयकर रिटर्नमा तिर्नु पर्ने जति कर हो, त्यो भन्दा कम तिरेको जनाइएको छ । अब बीबीसी हिन्दीले औपचारिक रूपमा संशोधित रिटर्न फाइल गर्नुपर्नेछ, जसमा यो रकममा सबै बक्यौता, ब्याज र जरिवाना लगाइनेसमेत छ । 

स्रोतका अनुसार बोर्डका दुई अधिकारीले बीबीसीको यो आयकर छलीको पुष्टि गरेका छन् । उनले देशको कानुन सबैका लागि बराबर भएकाले बीबीसी लगायत कुनै पनि कम्पनीलाई चाहे त्यो कम्पनी भारतीय होस् वा विदेशीलाई कुनै छुट नदिने बताए । उनले भने, ‘बीबीसीले भारतको कानुन पालना गर्नुपर्छ।’

चालु वर्षको फेब्रुअरीमा आयकर विभागले बीबीसीको नयाँ दिल्ली र मुम्बई कार्यालयमा कर छलीको मामिलामा सर्वेक्षण गरेको थियो। त्यतिबेला पनि अधिकारीहरूले बीबीसीको आम्दानी र नाफामा भिन्नता रहेको बताएका थिए । 

भारतमा यसका एकाइहरू जुन मात्रामा सञ्चालन भइरहेका छन्, त्यो बीबीसीले दिएको राजस्वको तथ्याङ्कसँग मेल खाँदैन।

त्यसबेला बीबीसीका महानिर्देशक टिम डेभीले आफ्नो संस्था एजेन्डा नभई उद्देश्यका साथ काम गर्ने बयान दिएका थिए। बेलायती सरकारले बीबीसीको पक्षमा सम्पादकीय स्वतन्त्रताको कुरा पनि गरेको थियो। 

भारत सरकारले कर दाखिला गर्न लगाएर यसको उचित जवाफ दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बीबीसीले आयकर विभागले बदला लिइरहेको जस्तो चित्रण गरिरहेको छ । विभागीय स्रोतका अनुसार सूचना प्रविधि अधिकारीहरूको सर्वेक्षणका बेला बीबीसीले आफूबाट केही बदला लिइएको देखाउन खोजेको थियो तर अहिले कर छलीको कुरा स्वीकार गरेको छ ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ८ : २३ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले