राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दियो : सांसदहरू « Khabarhub

राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दियो : सांसदहरू


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाका आजको बैठकमा सांसदहरुले राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिएको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन्।

राष्ट्रियसभाको आजको बैठकमा सांसद उदयबहादुर बोहोराले  बजेट निर्माणका क्रममा भएका कमजोरीमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरे।

सांसद गोमादेवी तिमिल्सिनाले मुलुकभित्र फैलिरहेको गरेको अराजकता अन्त्यका लागि सबैको साझा प्रयत्न जरुरी रहेको बताइन्। प्रतिनिधिसभामा अमर्यादित भाषाको प्रयोग भइरहेकामा उनले आपत्ति प्रकट गरिन्।

सांसद दुर्गा गुरुङले देशका विभिन्न स्थानमा भइरहेको सडक दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले सुर्खेतमा स्वास्थ्यकर्मीले सेवा सुविधा पाउन नसकेकामा गुनासो गरिन्।

सांसद नारायणदत्त मिश्रले कैलालीको एक सडक निर्माणमा सङ्घीय र प्रदेश सरकारले ध्यान नदिएकामा गुनासो गरे। सांसद नारायणप्रसाद दाहालले सदनमा देखिएका अराजकताले जनप्रतिनिधिबारे जनता बीचमा नराम्रो सन्देश दिएको बताए।

सांसद भुवनबहादुर सुनाले भूमिहीन, दलित सुकुम्वासीलाई आगामी आर्थिक वर्षको बजेटले कुनै सम्बोधन गर्न नसको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद राजेन्द्रलक्ष्मी गैरले बजारमा खाद्य पदार्थको मूल्य दैनिक जसो वृद्धि हुँदा जनजीवन प्रभावित भएकाले त्यसलाई नियन्त्रण गर्न माग गरिन्।

सांसद सुरेशकुमार आले मगरले सामान्य कुरालाई उचालेर सदनको काम कारबाहीलाई प्रभावित बनाउने रोग प्रतिनिधिसभामा देखिएको भन्दै राष्ट्रियसभामा त्यस्तो हुन नहुने बताए।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  १२ : ३८ बजे

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर