कोशी प्रदेश सरकारद्वारा वार्ता टोली गठन | Khabarhub Khabarhub

कोशी प्रदेश सरकारद्वारा वार्ता टोली गठन


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश नामकरण भएपछि उत्पन्न विवाद समाधान गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ ।

कोशी प्रदेश नाम भएसँगै पहिचानवादीले निरन्तर आन्दोलन गर्दै आएका थिए । आन्दोलनलाई मत्थर बनाउन तथा समस्या समाधान गर्न जेठ १५ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानवादीसँग आन्दोलनलाई हिंसात्मक नबनाउन र समस्या समाधान गर्नका लागि वार्तामा आउन आह्वान गर्दै आएका थिए 

विभिन्न राजनीतिक दलका साथै प्रदेशसभाको बैठकको शून्य समय तथा विशेष समयमा पनि  वार्ता टोली गठनका विषयमा चर्चा हुँदै आएको थियो । 

प्रदेश सरकारले आज पहिचानवादीसँग वार्ता गर्न खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्वोको नेतृत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको हो । 

उक्त टोलीको सदस्यमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौला रहेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ४ : ३६ बजे

तुइनखोलाको पहिरो हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह

काठमाडौं – गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।