ऋतिकको ‘सुपर ३०’ लाई टक्कर देला ‘द लायन किङ’ ले ? « Khabarhub

ऋतिकको ‘सुपर ३०’ लाई टक्कर देला ‘द लायन किङ’ ले ?


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – १२ जुलाईमा रिलिज भएको ऋतिक रोशन स्टारर फिल्म ‘सुपर ३०’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । समीक्षात्मक रुपमा पनि फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यो फिल्मलाई टक्कर दिने कुनै फिल्म रिलिज भएका छैनन् ।

अब भने डिज्नी स्टुडियोको फिल्म ‘द लायन किङ’ रिलिज हुँदैछ । यो फिल्मले बक्स अफिसमा ऋतिकको फिल्मलाई प्रभावित पार्ने अनुमान गरिएको छ ।

ट्रेड एक्सपर्ट राजेश मिश्रा भन्छन्, ‘द लायन किङले सुपर ३० को व्यापारलाई प्रभावित पार्नेछ तर धेरै पार्ने छैन, यसै पनि सुपर ३० ले एक हप्तामा आफ्नो कलेक्सन गरिसकेको छ ।’

‘द लायन किङ’ पनि एक बहुप्रतीक्षित फिल्म हो । यो एनिमेटेड फिल्ममा शाहरुख खान र उनका छोरा आर्यन खानले स्वर दिएका छन् ।

विश्लेषक मिश्राले भने, ‘द लायन किङले बक्स अफिसमा कमालको व्यापार गर्नेवाला छ, तर सुपर ३० का पनि आफ्ना अलग्गै अडियन्सका कारण दोस्रो हप्तामा खासै प्रभावित गर्ने छैन ।’

पछिल्लो समय बलिउडमा विषयवस्तुमा आधारित फिल्म बढी रुचाइएको छ । स्टार कलाकारले ओपनिङ राम्रो गरे पनि फिल्म राम्रो भयो भने मात्र प्रचारकै भरमा फिल्मको व्यापार बढ्छ ।

ऋतिक रोशन स्टारर सुपर ३० बिहारका गणितज्ञ आनन्द कुमारको कहानीमा आधारित छ । जो गरीब बच्चालाई निःशुल्क आईआईटी प्रवेश परीक्षाको तयारी गराउँछन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १ : २४ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर