कनकाईका २८ परिवारलाई मन्त्रीले दिइन् जग्गाधनी पुर्जा | Khabarhub Khabarhub

कनकाईका २८ परिवारलाई मन्त्रीले दिइन् जग्गाधनी पुर्जा


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा – झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । नगरमा बसोबास गर्ने भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले धनीपुर्जा वितरण गरेकी हुन् । मन्त्री चौधरीले कनकाई–५ का दलित भूमिहीन वरदान मण्डल र रेतिया मण्डललाई जग्गाधनीपूर्जा प्रदान गरेर सो कार्यको सुरुआत गरेकी हुन् । कनकाई–५ का २२ र कनकाई–८ का छ भूमिहीनदलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष महेन्द्र खड्का, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष तिलकसिंह पाण्डे, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, कनकाई नगरपालिका प्रमुख पोखरेलल, उपप्रमुख आशा शर्मा शिवाकोटीलगायतले आ–आफ्नो धारणा राखेका थिए।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १० : ४५ बजे

खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोले अवरुद्ध

खाँदबारी– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको

पशुपतिमा चहलपहल, आउन थाले थरीथरीका बाबा (तस्बिरहरू)

काठमाडौं- महाशिवरात्रि नजिकिएसँगै भगवान् पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरूको चहलपहल बढेको

स्वेलडाँडा सडक स्तरोन्नति

भक्तपुर– चाँगुनारायण नगरपालिका–१ स्थित स्वेलडाँडा सडक स्तरोन्नति सुरू भएको छ

फेब्रुअरी २८ मा हुदैँछ दुर्लभ ‘ग्रहहरूको परेड’

काठमाडौं– फ्रेबुवरी महिनाको अन्तिम दिन आकाशमा एउटा दुर्लभ घटना घट्दैछ,

पहिचानको मुद्दा सम्बोधन गर्न संविधान कार्यान्वयन आवश्यक : प्रचण्ड

कचनकेवल– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संविधान