युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, कतिले हात पारे? | Khabarhub Khabarhub

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, कतिले हात पारे?


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड भएको छ । यसमा ३७ हजार ९४२ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । यी मध्ये ५ जनाले ११ कित्ता प्राप्त गरेका छन् ।

एफपीओमा कुल १३ लाख ५७ हजार १८० जना आवेदकले आवेदन दिएकोमा १ हजार ४९३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

लघुवित्तले जेठ ११ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गरेको थियो । रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको एफपीओलाई केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्छ । 

केयर नेपालले २०७९ फागुन २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० माघ २१ गतेसम्म कायम रहनेछ । 

बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट एफपीओको नतिजा हेर्न सकिने छ । साथै, युनिक नेपाल लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले एफपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि हेर्न सकिन्छ । 

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १२ : ०५ बजे

ट्रम्पलाई नसा सम्बन्धी समस्या

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक

तनहुँका किसानलाई दूधमा अनुदानबापत ९७ लाख वितरण

दमौली – भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध

चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने 

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको

एमाले विधान महाधिवेशनमा विद्या भण्डारी प्रतिनिधि बन्न नपाउने

काठमाडौं – नेकपा (एमाले)को विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि

एमाले पदाधिकारी १५ सदस्यीय हुने : उमेरहद र दुई कार्यकाल हटाउने

काठमाडौं – नेकपा (एमाले) १९ सदस्य पदाधिकारीको संख्या घटाउने भएको