स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु | Khabarhub Khabarhub

स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीका स्थानीय तहले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम स्वीकृति दिन सुरु गरेका छन्। यहाँका दश स्थानीय तहमध्ये पाटन र दशरथचन्द नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेका हुन्।

यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाट पनि प्रदान गर्न सकिने भएपछि दुई पालिकाले श्रम स्वीकृति दिन थालेका हुन्।

सरकारको गत चैत १६ गतेको निर्णय अनुसार वैशाख १ गतेदेखि लागू हुने गरी स्थानीय तहले नै रोजगार शाखामार्फत श्रम स्वीकृति दिन सक्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा पाटन नगरपालिकाले श्रम स्वीकृति दिन थालेको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिइन्। वैदेशिक रोजगारीलाई व्यवस्थित र मार्यादित बनाउन स्थानीय तहबाट श्रम स्वीकृति दिने कार्य महत्वपूर्ण रहेको उनको भनाइ छ।

पाटन नगरपालिकाबाट श्रम स्वीकृति लिने पहिलो व्यक्ति मलेसिया जान लागेका वडा नं ६ का नवीन विक रहेका छन्। नगरपालिकामै श्रम स्वीकृति पाएपछि निकै सहजता भएको उनले बताए। बिना कुनै झण्झट कम खर्चमा घरदैलोबाटै काम भएपछि खुसी लागेको उनको भनाइ छ।

यसअघि दशरथचन्द नगरपालिकाले गत वैशाख अन्तिम साताबाट श्रम स्वीकृत दिन थालेको थियो।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १२ : ३० बजे

जहाँ संकट, त्यहाँ आशिका

काठमाडौं– नेपोकिटविरुद्ध सामाजिक सञ्जालमा विरोध ट्रेड चलाउँदै आएको जेन–जी पुस्ताले भदौ

कार्यदलले बुझायो पुँजीबजारमा लगानीकर्ताको मनोबल बढाउने ३७ वटा सुझाव

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजारमा आम लगानीकर्ताको मनोबल वृद्धिका लागि

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्रीले आजै देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं- सुशील कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ।

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले गत आर्थिक वर्ष