चौतारा संरक्षण र सरसफाइमा जुटे राइनासका युवा | Khabarhub Khabarhub

चौतारा संरक्षण र सरसफाइमा जुटे राइनासका युवा


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको राइनास नगरपालिका वडा नं. ८ मा चौतारा संरक्षण तथा सरसफाइ अभियान थालेका छन्। पुर्ख्यौली सम्पदाको रूपमा रहेका पाटी पौवा तथा चौताराहरू लोप हुने अवस्थामा पुगेको भन्दै स्थानीय युवाहरू सोको संरक्षणमा जुटेका हुन्।

पछिल्लो समय विकास र समृद्धिको नाममा बाटोको छेउ छाउमा पर्ने चौताराहरू मास्ने क्रम बढ्दो रहेको र भएका केही चौतारा पनि जीर्ण अवस्थामा रहेकाले अभियान नै सञ्चालन गरी चौतारा संरक्षण तथा सरसफाइमा युवाहरू जुटेको राइनास ८ का स्थानीय युवा प्रकाश श्रेष्ठले बताए।

वडाका करिब २० जना युवाहरूको सक्रियतामा अभियान सुरु गरिएको हो। युवाहरूले चौतारा वरिपरिको झाडी फाँड्ने, भत्किएको भएमा सोको मर्मत गर्ने गर्दछन्।  अभियानमा तार्कुघाट प्रहरी चौकीका इञ्जार्ज तथा सुरक्षाकर्मीहरूले पनि साथ र सहयोग गरेको स्थानीय युवाहरूले बताएका छन्। युवाहरूले सम्पदा संरक्षणको यस अभियानमा सबैले साथ र सहयोग गर्न सामाजिक सञ्जाल मार्फत आव्हान समेत गरेका छन्।

वातावरण एवम् पर्यावरणको सुन्दरतालाई कायम राख्न र शीतल छहारीका लागि पनि चौतारा आवश्यक पर्ने भएकाले युवाहरूले सुरु गरेको अभियानमा सबैले हातेमालो गर्नुपर्ने स्थानीय पूर्व शिक्षक चिज कुमार श्रेष्ठ बताउँछन् ।

यही महिनाबाट सुरु भएको अभियान अन्तर्गत हालसम्म वडाभित्र विभिन्न टोलमा रहेका करिब १५ वटा चौतारा सरसफाइ गरिएको प्रकाश श्रेष्ठले जानकारी दिए। कतिपय चौतारा जीर्ण अवस्थामा रहेकाले सोको मर्मत गर्नुपर्ने युवाहरूले बताएका छन्।

अभियानको सुरुमा वडाभित्रका सबै चौतारा र वरिपरि सरसफाइ गरिने भएको छ। विभिन्न स्थानमा रहेका चौतारो लागि सम्बन्धित टोलका स्थानीयहरूले संरक्षण जिम्मा लिनुपर्ने भए पनि स्थानीयले खासै ध्यान नदिँदा जीर्ण अवस्थामा पुगेको युवाहरूको भनाई छ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १२ : ३७ बजे

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्रीले आजै देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं- सुशील कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ।

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले गत आर्थिक वर्ष

पेरिस अदालतले सार्कोजीमाथि गद्दाफीको अवैध अभियान वित्तपोषण मुद्दामा फैसला सुनाउँदै

पेरिस– पेरिसको अदालतले बिहीबार फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीमाथि सन् २००७

सुदन किरातीको टिप्पणी : राम जस्ता नेता पैसा र परिवारको पछि लाग्दा रावण हुने डर भयो

काठमाडौं- नेकपा (माओवादी) केन्द्रका नेता सुदन किरातीले नेताहरूको विलाशी जीवन