जहाज किन्न लाग्दा घेराबन्दी सुरु गरियो : मन्त्री किराँती « Khabarhub

जहाज किन्न लाग्दा घेराबन्दी सुरु गरियो : मन्त्री किराँती


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

खोटाङ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज किन्न नदिन आफूविरुद्ध घेराबन्दी सुरु गरिएको बताएका छन् ।

 बिहीबार खोटाङको दिक्तेलबजारमा बनाइएको अग्नि नियन्त्रण यन्त्र उद्घाटनका क्रममा मन्त्री किराँतीले तीनवटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि ‘पानी मनहरु’ले घेराबन्दी गरिरहेको बताएका हुन् ।

हामी तीनवटा जहाज किन्ने प्रकृयामा छौँ । तर, हवाइजहाज किन्न नदिन संसारभरका पापी मनहरुले घेराबन्दी गरिरहेका छन्, मन्त्री किरातीले भने, ‘तपाईहरुको साथ पाएँ भने प्रक्रिया र प्रणालीमा पारदर्शी तरिकाले पाँच पैसा घोटाला हुन नदिनेगरी जहाज ल्याउँछौँ ।’

किराँतीले खरिद गरेर ल्याइने दुईवटा जहाज पश्चिम नेपालमा र एकवटा पूर्वी नेपालको विराटनगरमा राखेर उडान भर्ने व्यवस्था मिलाइने जानकारी दिए । जहाज अभावमा गौचरणमा परिणत भएका देशका २२ वटा विमानस्थलमा एकजना सुत्केरी भए पनि उडान भर्ने मन्त्री किराँतीले बताए । 

मन्त्री किराँतीले मन्त्रालय सम्हालेको करिब तीन महिनामै चार अर्ब ऋण घटाइएको चर्चा गरे । ‘मन्त्री भएर जाँदा हवाइजहाज त बेहोस अवस्थामा भेन्टिलेटरमा सुतिरहेको रहेछ । त्यसलाई हामी उपचार गर्दैछौँ,’  उनले भने, ‘२२ वटा एयरपोर्ट गौचरणमा परिणत भएको छ । कारण जहाजमाथि ठूलठूलो भ्रष्टाचार भए । पापीको आँखा लागे, लुट्नैसम्म लुटिए । खाने पिउने रमाउने ठाउँ भए ।’

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १२ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै