इनार सुक्न थालेपछि दाङमा खानेपानीको समस्या « Khabarhub

इनार सुक्न थालेपछि दाङमा खानेपानीको समस्या


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

दाङ– अत्यधिक गर्मी बढेसँगै इनार सुक्न थालेपछि दाङमा पानीको समस्या भएको छ । गाउँमा पानीको मुख्य स्रोत इनार, कुवा रहेकोमा लामो समयसम्म पानी नपर्दा र गर्मीका कारण इनार र कुवामा पानी सुक्न थालेको छ ।

‘जेठको पहिलो सातादेखि नै धाराबाट खानेपानी झर्न छाडेको छ’, घोराही–९ की मदा गौतमले भनिन्, ‘यस वर्ष खानेपानीको अभाव बढ्दो छ । गाउँमा पानी खान नपाएर काकाकुल भइएला जस्तो छ ।’ उनका अनुसार गाउँका धेरैजसोका इनार सुकेका छन् ।’ 

रातभरी इनारमा जम्मा भएको चार, पाँच गाग्री पानी गाईवस्तुका साथै मानिसका लागि  पुर्‍याउनुपर्ने बाध्यता रहेको गौतमको भनाइ छ । ‘वडा नं ६, ८, ९ र १० मा पानीको मुख्य स्रोत धारा, इनार र कुवा हुन् । अहिले सबै स्रोत सुक्न थालेपछि खानेपानीको हाहाकार मच्चिएको छ’, उनले भनिन् । वैशाख मध्यपछि पानीका मुहान सुक्दै गएको भन्दै जेठ लागेपछि पानीको समस्या झन बढेको उनको भनाइ छ ।  

तराईमा वैशाख, जेठलाई अत्यधिक गर्मी हुने समयका रूपमा लिइन्छ । हरेक वर्ष यस समयमा पानीको समस्या हुने गरेको भए पनि यस वर्ष झनै समस्या बढ्ने  सङ्केत देखिएको स्थानीयको भनाइ छ । 

तल्लो भेगका बस्तीमा खानेपानीका लागि प्रयोग हुँदै आएका स्रोत सुकेर समस्या बढेको घोराही–७ सौडियारकी सुदा शर्माले बताइन् । ‘यहाँ १० वर्ष पहिलेका इनार सबै सुकिसके, पछि खनिएका इनारमा पनि अब पानी भर्न नसकिने अवस्थामा पुगेका छन्’, उनले भनिन्, ‘बर्सेनि इनारमा पानीको सतह गहिरिँदै जाँदा खानेपानीको समस्या झनझन् बढ्दै गएको छ ।’ 

लामो खडेरीले खानेपानीका सबै मुहान र स्रोत सुक्न थालेपछि नगर क्षेत्रका ३० भन्दा बढी बस्तीमा खानेपानीको हाहाकार मच्चिएको शर्माले बताइन् । उनका अनुसार यसपालि हिउँदे वर्षा नहुँदा पानीका मुहान सुकेका हुन् ।

हिउँदे वर्षा नहुँदा खानेपानीका साथै खेती गर्न समेत समस्या भएको स्थानीयको भनाइ छ । सुक्खायाममा खेतीका लागि सिँचाइका साथै खानेपानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सम्बद्ध पक्ष सधैँ उदासिन रहँदै आएकाले यहाँका स्थानीयले सधैँ पानीको समस्या झेल्नु परेको शर्माको भनाइ थियो । 

घोराही उपमहानगरपालिकामा १८ हजार ५३ परिवार अझै कुवाको भरमा छन् । तुलसीपुर उपमहानगरपालिकामा कुवा र खोलाकै पानीको भरमा १७ हजार चार सय ५४ परिवार छन् । लमही नगरपालिकामा रहेका १३ हजार चार सय ५८ परिवारमध्ये ह्याण्डपम्प, कुवा र खोलाको पानीको भरमा छ हजार तीन सय ८४ परिवार छन् । 

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १ : ०८ बजे

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति