एकल आमाका सन्तानको नागरिकताको अधिकार सुनिश्चित हुनुपर्छ : सभापति लामिछानेले « Khabarhub

एकल आमाका सन्तानको नागरिकताको अधिकार सुनिश्चित हुनुपर्छ : सभापति लामिछानेले


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाहरूका सन्तानको नागरिकताको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै लामिछानेले एकल आमाका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नखुलेको स्वघोषणा गर्ने व्यवस्थाले महिलाको आत्मसम्मानमा ठेस पुग्न सक्ने धारणा राखे । 

आफूलाई नागरिकले नागरिकता नपाउनुको पीडा थाहा रहेको भन्दै नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा विमति रहेको  बताए।

लामिछानेले नागरिकता विधेयक सदनमा ल्याएर छलफल गरेको भए छलफल हुने र अहिलेको संसद्‌मा रहेका सबैले स्वामित्व लिने अवस्था बन्ने भएपनि विधेयक प्रमाणीकरणको प्रक्रियामा विमति रहेको बताए । उनले नागरिकता विधेयकमा बोरमा रास्वपा कुनै समुदायको विरोधमा छ भनेर जनतालाई गुमराहमा राख्न खोजिएको जिकिर गरे ।  

त्यस्तै उनले सरकारले ल्याएको बजेटको कार्यक्रमबीच तालमेल भेट्न नसकेको बताए । जनतासँग भोट माग्दा शिक्षा, स्वास्थ्य लगायतका विषयमा प्रतिवद्धता जनाएकाले यस विषयमा आवश्यक नीति बनाउँदा सबै दलहरू एकैठाँउ आउनुपर्ने उनले बताए ।

त्यस्तै उनले नयाँ पुस्ताका राजनीतिज्ञहरूलाई पुरानो पुस्ताका नेताहरूले सिक्ने अवसर प्रदान गर्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  २ : ०६ बजे

प्रचण्ड नेतृत्वको नेकपामा थप चार पार्टी समाहित हुँदै : आज एकता घोषणा

काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा

हङकङ आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता

काठमाडौं – हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा भीषण

आजदेखि एक सय दरको नयाँ नोट बजारमा

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँ दरको नयाँ

वचत तथा ऋण सहकारीहरूको अभिलेखीकरणका लागि ‘सफ्टवेयर’ प्रणाली

ललितपुर– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र झापा गाउँपालिका-२ र