‘पुनरुत्थानवादी शक्तिहरू गणतन्त्रको विरुद्धमा सल्बलाउन खोजे’ « Khabarhub

‘पुनरुत्थानवादी शक्तिहरू गणतन्त्रको विरुद्धमा सल्बलाउन खोजे’


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पुनरुत्थानवादी शक्तिहरू संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा सल्बलाउन खोजिरहेको बताएका छन ।

बिहीबारबाट भक्तपुरमा सुरु भएको समाजवादी पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले पछिल्लो समय उत्पीडित जाति र आम जनतामा निराशा र असन्तुष्टि बढ्दै गइरहेको र यसबाट फाइदा लिँदै धमिलो पानीमा माछा मार्न पुनरुत्थानवादी शक्तिहरू गणतन्त्रको विरुद्धमा नै सल्बलाउन खोजिरहेको बताए । 

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद्, जातीय-भाषिक पहिचानका आधारमा प्रदेशहरूको पुनः सीमांकन र नामांकन लगायतका संशोधन नभएसम्म राजनीतिक अस्थिरता र जनताको असन्तुष्टि कायम रहन्छ भन्ने कुरा अहिले व्यवहारतः पुष्टि हुँदै गएको उनले बताए ।

उनले दुईपटकको आमनिर्वाचनपछि पनि देशमा राजनीतिक स्थिरता कायम हुन नसकेका कारण सुशासन र आर्थिक–सामाजिक रूपान्तरण हुन नसकेको बताए । उनले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगको काम छिटो सम्पन्न गर्न जरुरी रहेको भन्दै यस्तो हुन नसके देशमा अर्को द्वन्द्वको खतरा मडारिन सक्ने तर्क गरे । लोकतन्त्रका यी आधारशिलामा टेकेर मात्र समृद्धि र समाजवादको दिशामा अघि बढ्न सकिने भएकाले यस विषयमा पार्टीको बैठकले विशेष निर्णय गर्ने उनले जानकारी दिए । उनले स्थापित कम्युनिष्ट ब्रान्डका दलहरू र भुल्काका रुपमा आएका नयाँ दलहरू आफ्नो दलबीच के फरक छ भन्ने कुरा पनि बैठकले स्पष्ट पार्ने जिकिर गरे ।

राजनीतिक प्रतिवेदनमा भट्टराईले राष्ट्रिय जनता पार्टी सँग एकता गरेर जसपा निर्माण गर्ने कार्य सैद्धान्तिक रुपमा सही भएपनि वैचारिक-राजनीतिक कारण एकता कायम गर्न नसकिएको उल्लेख गरेका छन् । दुई दिनसम्म चल्ने बैठकले पार्टीको भावी रणनीति तय गर्ने बताइएको छ । 

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ४ : ०३ बजे

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध