'पुनरुत्थानवादी शक्तिहरू गणतन्त्रको विरुद्धमा सल्बलाउन खोजे' | Khabarhub Khabarhub

‘पुनरुत्थानवादी शक्तिहरू गणतन्त्रको विरुद्धमा सल्बलाउन खोजे’


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पुनरुत्थानवादी शक्तिहरू संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा सल्बलाउन खोजिरहेको बताएका छन ।

बिहीबारबाट भक्तपुरमा सुरु भएको समाजवादी पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले पछिल्लो समय उत्पीडित जाति र आम जनतामा निराशा र असन्तुष्टि बढ्दै गइरहेको र यसबाट फाइदा लिँदै धमिलो पानीमा माछा मार्न पुनरुत्थानवादी शक्तिहरू गणतन्त्रको विरुद्धमा नै सल्बलाउन खोजिरहेको बताए । 

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद्, जातीय-भाषिक पहिचानका आधारमा प्रदेशहरूको पुनः सीमांकन र नामांकन लगायतका संशोधन नभएसम्म राजनीतिक अस्थिरता र जनताको असन्तुष्टि कायम रहन्छ भन्ने कुरा अहिले व्यवहारतः पुष्टि हुँदै गएको उनले बताए ।

उनले दुईपटकको आमनिर्वाचनपछि पनि देशमा राजनीतिक स्थिरता कायम हुन नसकेका कारण सुशासन र आर्थिक–सामाजिक रूपान्तरण हुन नसकेको बताए । उनले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगको काम छिटो सम्पन्न गर्न जरुरी रहेको भन्दै यस्तो हुन नसके देशमा अर्को द्वन्द्वको खतरा मडारिन सक्ने तर्क गरे । लोकतन्त्रका यी आधारशिलामा टेकेर मात्र समृद्धि र समाजवादको दिशामा अघि बढ्न सकिने भएकाले यस विषयमा पार्टीको बैठकले विशेष निर्णय गर्ने उनले जानकारी दिए । उनले स्थापित कम्युनिष्ट ब्रान्डका दलहरू र भुल्काका रुपमा आएका नयाँ दलहरू आफ्नो दलबीच के फरक छ भन्ने कुरा पनि बैठकले स्पष्ट पार्ने जिकिर गरे ।

राजनीतिक प्रतिवेदनमा भट्टराईले राष्ट्रिय जनता पार्टी सँग एकता गरेर जसपा निर्माण गर्ने कार्य सैद्धान्तिक रुपमा सही भएपनि वैचारिक-राजनीतिक कारण एकता कायम गर्न नसकिएको उल्लेख गरेका छन् । दुई दिनसम्म चल्ने बैठकले पार्टीको भावी रणनीति तय गर्ने बताइएको छ । 

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ४ : ०३ बजे

एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध नेपाली ओपनर जैसीले बनाए शतक

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट

पल्मेराइस क्लब विश्वकपको दोस्रो चरणमा

काठमाडौं – पल्मेराइस फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा

पौवादुङमाका उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत

भोजपुर– विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले भोजपुरको पौवादुङमा गाउँपालिकाभित्रका उत्कृष्ट

इजरायली आक्रमण : गाजामा ८१ जनाको मृत्यु

इजरायल – इजरायली आक्रमणमा परेर शनिबार ८१ जना गाजाबासीको मृत्यु

पर्वतको नेपानेमा जीप दुर्घटना, एकको मृत्यु, दुईजना घाइते

पर्वत– पर्वतको फलेवास नगरपालिका– ८ नेपानेमा गएराति जिप दुर्घटना हुँदा